मुल्यबृद्धि विरुद्धको आन्दोलनमा उत्रिएका ३१ जना पक्राउ


कात्तिक २८, काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको आन्दोलनको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

मुल्य बृद्धि तथा महङ्गी विरुद्धको घोषित कार्यक्रमअनुसार आज एक घण्टा चक्काजाम कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रम गर्न लाग्दा काठमाडौँका विभिन्न ठाउँबाट २७ जनालाई गिरफ्तार गरेको छ ।

बिहान १० बजेदेखि ११ बजेसम्म पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्धको कार्यक्रम (चक्काजाम) गर्दा त्रिचन्द्र कलेज अगाडिबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र विकसहित २१ जना र लैनचौरबाट पदम केसीसहित ३ जना, बालाजुबाट ७ जना मजदुरहरुलाई आज बिहान गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकालाई पुलिस क्लवमा राखिएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा सरकारले बढाएकाे मुल्यबृद्धि तथा महङ्गीका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम गर्दै आइरहेको छ ।

२८ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको