लुम्बिनी प्रदेशमा २२ घन्टा भित्र नयाँ सरकार गठन गर्न आह्वान


साउन २७, काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।

संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।

यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् ।

२७ श्रावण २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको