मौलिक लोक नृत्य प्रतियोगितामा शितलनगर मगर समाज देवदह विजयी


पुस २७, काठमाडौं । माघेसंक्रान्तिको अबसरमा मगर संसार फोटो ग्यालरीले आयोजना गरेको मौलिक लोक नृत्य प्रतियोगिता-२०७७ को प्रथम पुरस्कार शितलनगर, मगर समाज देवदह रुपन्देहीले हात पारेको छ ।

भर्चुअल जुम र फेसबुक लाइभ मार्फत नतिजा घोषणा गरिएको हो । प्रतियोगितामा १६ समुह सहभागी भएका थिए । पब्लिक लाईक १०० र निर्णायक मण्डलको १०० पुर्णाङ्क गरि जम्मा २०० पुर्णाङ्कको आधारमा बिजेता घोषणा गरिएको थियो । दश हजार पब्लिक लाइकलाई १०० पुर्णाङ्क मानिएको थियो ।

शितलनगर मगर समाज देवदह – रूपन्देहीले पब्लिक लाइक १०० पुर्णाङ्कमा १०० नै प्राप्त गरेको थियो भने निर्णायक मण्डलवाट ८८.५ जम्मा १८८.५ अंक सहित प्रथम बिजेता भएको छ । प्रथम पुरस्कार पचास हजार रुपैंया सहित सम्मान पत्र रहेको छ भने सयपत्री समुह काठमाडौं द्वितीय भएको छ । सयपत्रीले पब्लिक लाईक सयमा सय नै ल्याउन सफल भएको थियो भने निर्णायक मण्डलवाट ७७.५ अंक सहित जम्मा १७७.५ प्राप्त गरेको थियो । पुरस्कारमा चालिस हजार रुपैंया र सम्मानपत्र प्राप्त गरेको छ । त्यस्तै चितवन मगर समुदाय तृतीय स्थान हाँसिल गरेको छ । सयमा पुर्णाङ्कमा ६१ पब्लिक लाइक र निर्णायक मण्डलको तर्फबाट ९२ अंक प्राप्त गरेर तृतीय स्थान हाँसिल गरेको छ । तृतीय पुरस्कार तिस हजार रुपैंया सहित सम्मानपत्र रहेको छ । प्रतियोगिताको कुल राशी २ लाख रहेको थियो भने निर्णायक मण्डलामा बल बिक्रम थापा मगर, माया थापा मगर, नीता पून मगर, डिएन मगर, तिलक पुन मगर हुनुहुन्थ्यो ।

प्रथम बिजेता:

शितलनगर मगर समाज देवदह – रूपनदेही

प्राप्ताङ्क:

जनमत: १०० अंक
निर्णायक मण्डलवाट: ८८.५ अंक
प्राप्त कुल अंक: १८८.५ अंक
पुरस्कारहरु: रू.५०,००० /- र सम्मान पत्र

द्वितीय:
सयपत्री समुह काठमाडौं

जनमत: १०० अंक
निर्णायक मण्डलवाट: ७७.५ अंक

प्राप्त कुल अंक: १७७.५ अंक
पुरस्कारहरु: रू.४०,००० /- र सम्मान पत्र

तृतीय:
चितवन मगर समुदाय

जनमत: ६१ अंक
निर्णायक मण्डलवाट: ९२ अंक
प्राप्त कुल अंक: १५३ अंक
पुरस्कारहरु: रू.३०,००० /- र सम्मान पत्र

सहभागी प्रतियोगी मध्ये ७ समुहलाई सान्त्वना घोषित गरिएको छ ।

सालिभेना गैडाकोटु कान- नवलपुर

जनमत : ५८ अंक
निर्णायक मण्डल मार्फत: ९०.५०

प्राप्त कुल अंक: १४८.५
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

लाङ्घाली सांस्कृतिक समुह, पाल्पा

जनमत: २६ अंक
निर्णायक मण्डल मार्फत: ८६ अंक

प्राप्त कुल अंक: ११२ अंक
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

पाण्डबखानी समुह, गल्कोट १०,बागलुङ

जनमत : ३० अंक
निर्णायक मण्डल मार्फत: ८१.५

प्राप्त कुल अंक: १११.५
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

लाङ्घाली समुह, बिरुवा-७,सुरुङ स्याङ्जा

जनमत : २९ अंक
निर्णायक मण्डल मार्फत: ७९

प्राप्त कुल अंक: १०८
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

लाकुरी मगर समुह बुटवल रामनगर-१०

जनमत : ३१ अंक
निर्णायक मण्डल मार्फत: ७१.५

प्राप्त कुल अंक: १०२.५
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

बौद्ध समुह, लेतान लेटाङ जाते मोरङ

जनमत : २३ अंक
निर्णायक मण्डल मार्फत: ७३

प्राप्त कुल अंक: ९६ अंक
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

अठार मगरात कलाकार संघ

जनमत : १३ अंक
निर्णायक मण्डल मार्फत: ८१

प्राप्त कुल अंक: ९४ अंक
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

बिजेता भन्दा बाहेक अन्य ६ प्रतियोगी समुहलाई पनि उहाँहरुको प्रस्तुतिको हौसला सम्मान स्वरूप आयोजकले पुरस्कृत गरेको छ । पुरस्कार हरेक समुहलाई ५/५ हजार प्रदान गरेको छ ।

नेपाल मगर संघ शाखा युएई

जनमत : ११ अंक
निर्णायक मण्डल मार्फत: ८२
प्राप्त कुल अंक: ९३ अंक

श्री लाङ्घाली मगर समाज परिवार, शुक्लागण्डकी न.पा. २ नर्सरी

जनमत : १५ अंक
निर्णायक मण्डल मार्फत: ७७.५
प्राप्त कुल अंक: ९२.५ अंक

सालीभेना समुह दमौली, तनहुँ

जनमत : १९ अंक
निर्णायक मण्डल मार्फत: ६९.५अंक
प्राप्त कुल अंक: ८८.५ अंक

नेपाल मगर संघ जिल्ला समिति सल्यान

जनमत : ८ अंक
निर्णायक मण्डल मार्फत: ७९.५ अंक
प्राप्त कुल अंक: ८७.५ अंक

नेपाल महिला समिति, तिलोत्मा नगर रुपन्देही

जनमत : ८ अंक
निर्णायक मण्डल मार्फत: ७७ अंक
प्राप्त कुल अंक: ८५ अंक

जिवनज्योती माध्यमिक बिध्यालय कपुरकोट गाउँपालीका-५ रीम सल्यान

जनमत : १२ अंक
निर्णायक मण्डल मार्फत: ६७
प्राप्त कुल अंक: ७९ अंक

उत्कृष्ट पोशाकमा दुई समुहलाई प्रदान गरिएको छ । सीतलनगर मगर समाज देवदह ,रूपनदेही र अठार मगरात कालकार संघ केंद्रीय समिति काठमाडौंलाई प्रदान गरिएको छ । पुरस्कार पांच हजार रुपैंया र सम्मान पत्र रहेको छ । त्यस्तै भागीशाली चिठ्ठा सालिभेना गैडाकोटु कान- नवलपुरलाई परेको थियो ।

यो कार्यक्रमलाई मगर समुदाय भित्रका बिभिन्न व्यक्तिहरुले प्रायोजन गर्नुभएको छ ।

प्रथम पुरस्कारका प्रायोजक:

प्रनिस आले मगर
उपाध्यक्ष, मगर संघ रामेछाप
सहयोग: ५० हजार

द्वितीय पुरस्कारका प्रायोजक:

सियारा राना मगर
मगर संसारका पुर्ब सल्लाहकार

ठेगाना: स्याङ्जा
हाल: युके
सहयोग: ४० हजार

तृतीय पुरस्कारका प्रायोजक:

ज्योति रजाली मगर
मगर संसारका सल्लाहकार

ठेगाना: Nawalpur, CTW
हाल : UK

सहयोग: ३० हजार र सालिभेना गैडाकोटु कान- नवलपुर समुहलाई प्रस्तुतिको सम्मान स्वरुप ३५ हजार पुरस्कार दिनुभएको छ । साथै हौसला प्रोत्साहन ३ समुहलाई १५ हजार, जम्मा ८० हजार प्रायोजन गर्नुभएको छ ।

 

सान्त्वना, उत्कृष्ट पोशाक तथा भाग्यशाली चिठ्ठा पुरस्कार प्रायोजकहरु:

मिलन थापा मगर

ठेगाना: भिमान, तनहुँ
हाल अमेरिका
सहयोग: १० हजार

 

रुक आले मगर/ पुष्पा आले मगर

ब्यास-१४, तनहुँ
हाल: युके
सहयोग : ५ हजार रुपैंया

 

बाघबिर पुन मगर

च्युरोबोट, म्याग्दी
हाल: युके
सहयोग : ५ हजार रुपैंया

 

मिस्व गर्बुजा मगर

म्याग्दी
हाल: युके
सहयोग : ५ हजार रुपैंया

जेनिसिस थापा मगर

तनहुँ
हाल: बहराइन
सहयोग : ५ हजार रुपैंया

 

थमन नाइसा मगर

ताराखोला-१, माजखार्क, बाग्लुङ
हाल : बहराइन
सहयोग : ५ हजार रुपैंया

शुनिल मगर

नवलपुर
सहयोग : ५ हजार रुपैंया

 

उमेश थापा मगर

तिनपाटन-६, सिन्धुली
हाल: कतार
सहयोग : ५ हजार रुपैंया

 

ऋषि राना मगर

भिमाद-१, तनहुँ
हाल: मलेसिया
सहयोग : ५ हजार रुपैंया

 

बीरबहादुर सारु मगर

नवलपरासी
हाल: मलेसिया
सहयोग : ५ हजार रुपैंया

 

भु:पु एसएसपी मानबहादुर रजाली मगर

ठेगाना: Nawalpur, CTW
सहयोग: १० हजार

 

२७ पुष २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको