दाङमा मोटरसाइकल दुर्घटना हुँदा रोल्पाका दुई युवकको मृत्यु

फाईल तस्वीर

फागुन ९, दाङ । दाङको घोराहीमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा रोल्पाका दुई जना युवाको मृत्यु भएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको छ ।

मोटरसाइकल पुनले चलाएका थिए भने भण्डारी पछाडि सवार थिए । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही बजार नजिकै घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सकले बिहान पौने ७ बजेतिर दुबैजनालाई मृत घोषणा गरेका थिए । डिएसपी मल्लले मोटरसाइकल साइकलसंग अल्झेको अवस्थामा फेला परेको हुँदा साइकल चालकलाई जोगाउन खोज्दा दुर्घटना भएको हुनसक्ने जानकारी दिए । साइकल चालक भने फेला नपरेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

९ फाल्गुन २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको