उपत्यकाको निषेधाज्ञामा कडाई, राति ८ बजेपछि गाडी चलाउन नपाइने [आदेशसहित]

फाइल तस्बीर

साउन २६, काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ।

उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय लिएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातिको समयमा धेरै सवारी साधन गुड्न थालेको भन्दै सो निर्णय गरेको बताए।

सिडिओहरूको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ। अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ। अरू निर्णयहरू साबिककै भएको बताइएको छ ।

हेर्नुस आदेशको पूर्णपाठ

२६ श्रावण २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको