गंगादेव गाउँपालिकाले विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नारी दिवस मनायो [फोटोफिचर]


फागुन २५, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाले पनि १११ औँ अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

८ मार्च २०२१ का दिन महिलाको सुरक्षा , सम्मान र राेजगार: समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११औँ अन्तर्राष्ट्रिय महिला दिवस सोमबार मनाएको हो ।

कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले महिलाहरुका अधिकारलाई संबिधानले सुनिश्चित गर्दा पनि अधिकारको बारेमा महिलाहरु अनविज्ञ रहेको बताएका छन् । उनले आफ्ना अधिकारलाई प्रयोग गर्न नेपालको संबिधान पढ्न सुझाव दिंदै भने- महिलाहरुले नै महिला माथी हिंसा गरेका घटना हरु देखा पर्न थालेका छन्, यो दु:खद कुरा हो, तर सबै महिलाहरु आफ्ना अधिकार अस्थापित गर्न कम्मर कस्सीएर लाग्नुस्, मम साथ् दिन तयार छु’, । पढ्ने लेख्ने उमेर नपुगेका चेलीबेटीहरुलाई विवाहको लागि घरपरिवारबाट दवाव आए तत्काल पालिकामा खबर गर्न अध्यक्ष खत्रीले आग्रह गरेका समेत गरेका छन् ।

कार्यक्रमका सभाअध्यक्ष गाउँपालिका उपध्यक्ष रिता कुमारी घर्तीले पुरुषहरुले महिलाहरुमाथि हिँसाका घटना दिनप्रति दिन भैरहेको बताएकी छन् ! उनले महिलामाथि हुने हिँसाका घटना अझै कम नभएको बताउदै महिलाहरु त्यस्ता घटना न्यूनीकरण गर्न अझै शशक्त रुपमा लाग्न आग्रह गरेकी छन् । उनले भनिन- ‘हाम्रो पालिकामा धेरै आमा समूहहरु छन्, ति आमा समूहहरुले पुरुषबाट हुने महिला हिँसा नियुनिकरण गर्न जाँडरक्सी र जुवातासलाई नियन्त्रण गर्नुपर्छ, अन्यायका बिरुद्ध झन् सक्रियताका साथ लाग्नुपर्छ ।’,

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत, सम्पूर्ण शाखा प्रमुखहरु, कर्मचारीहरु उपस्थित भएका थिए । यस्तै वडा नम्बर २ का अध्यक्ष भुपाल दमाई, ३ नम्बर वडा अध्यक्ष जलेश कुमार केसी, ५ नम्बर वडा अध्यक्ष मान बहादुर डाँगी र कार्यपालिका सदस्यहरु उपस्थित रहेका थिए ।

यस्तै कार्यक्रममा पालिकाका सबै आमा समुहहरु र स्थानीयको उपथिती रहेको थियो ।

गाउँपालिका उपाध्यक्ष रिता घर्तीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष खत्रीको प्रमुख आतीथ्यता भएको कार्यक्रममा स्वागत मन्तब्य महिला विकास शाखा प्रमुख सुनिता चौधरीले गरेकी थिईन भने कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक अशोक ओलीले गरेका थिए ।

घैटाफोर र कुर्सी दौडमा जानकी डाँगी र सिता ओली प्रथम

यस्तै कार्यक्रममा घैटाफोर र कुर्सी दौड प्रतियोगिता पनि राखिएको थियो । उक्त प्रतियोगितामा ५२ वटा आमा समुहले भाग लिएका थिए । घैटाफोर प्रतियोगितामा नवजीवन आमा समुहकि जानकी डांगी प्रथम भएकी छन् । उनले नगद रु २००० र प्रमाणपत्र पाएकी छन् ।

त्यस्तै कुर्सी दौड प्रतियोगितामा जलजला आमा समुहकी सीता वली प्रथम, बिजयधुरी आमा समुहकी अनिता खत्री दोस्रो, प्रगतिशील आमा समुहकी बिनिता वली थापा तेस्रो र सिर्जनशील आमा समुहकी गायत्री पुन मगर चौथो भएकी छन् । विजयी सबैलाई क्रमश २ हजार, १५ सय, १ हजार, ५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

२५ फाल्गुन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको