ओलीविरुद्ध प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा एक लाख मान्छे उतार्ने

फाइल तस्बिर

पुस २५, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध तय भएको आन्दोलनअन्तर्गत आगामी माग २३ गते काठमाडौंमा १ लाख मानिस उतार्ने बताएको छ ।

सो पक्षका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन् । त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरुलाई अहिल्यैबाट तयारी गर्न निर्देशन पनि दिए ।

शनिबार नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले संसद विघटन सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण समेत भएको बताए । ‘यो संसद विघटनमा मात्रै सिमित नरहन सक्छ । सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण र परिवर्तनमाथिको आक्रमण हो’, श्रेष्ठको भनाइ छ ।

उनले यो प्रधानमन्त्री केपी ओलीको यो कदमले समग्रतामा प्रतिगमनलाई अघि बढाउन ढोका खोल्ने खतरा रहेको पनि बताए । ‘त्यसकारणले हामीले प्रतिगामी कदम मुर्दावाद पनि भनेका छौ’ संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाइ छ ।

सर्वोच्च अदालतलाई शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अधिकार दिएको भन्दै सर्वोच्च अदालतले केही गर्ला भनेर भन्न नपर्ने भन्दै संविधान विपरित गएर निर्णय भएमा त्यसवेला संविधानको कुनैपनि धारा काम नलाग्ने बताए । तर उनले जनताको खवरदारी आवश्यक रहेको भन्दै संसद विघटनको निर्णय खारेज भएर प्रतिनिधि सभा सुचारु नभएसम्म संघर्ष नरोकिने बताए ।

२५ पुष २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको