जीवन विकास लघुवित्तको आईपीओ बुधबार बाँडफाँड हुने


असार २२, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आईपीओ बुधबार बाँडफाड हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान साढे ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता सेयर विक्री खुल्ला गरेको हो । यो सेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता सेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् ।

कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । ।

२२ असार २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको