नयाँ शिराबाट छलफल गरौँ !


  • सन्दर्भ ‘घायल’

घाइते परिवार जनयुद्धमा साथ दिने जनमुक्ति सेना र जनतालाई धोका दिएर जारौं हजार मोर्चा खोलेर केही हुनेवाला छैन । एकपटक गहिरो आलोचनात्मक समिक्षा गर्नु होस त ! पहिला र अहिले हामी कस्तो भयौं भनेर अध्यान गर्नु होला । नेतृत्व भनिएकाहरुमा अलिकति लाज छ भने समिक्षा गरौं । अनि मात्र हाम्रो देशमा माओवादी कम्युनिस्ट उदयमान हुनेछ ।

अब आउने नयाँ दिनमा विचार, राजनीति, संगठनात्मक संरचनालगायत बारे नयाँ ढङ्गले अगाडि बढाउने सोच राखौं ।

अब आउने दिनहरुमा कसरी माओवादी आन्दोलनलाई रुपान्तरण गर्ने ? कम्युनिस्ट आन्दोलनमा सहिदहरुको सपना कसरी पूरा गर्ने ? घाइते, अपाङ्ग योद्धाहरुको भबिस्य कसरी उज्ज्वल बनाउने भन्ने तर्फ एकपटक गहिरो ढंगले सोचौं ।

प्रचण्डले हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्र भनेर घमण्ड नगरे हुन्छ । प्रचण्ड एउटा धोखेबाज हो भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । बैद्यले हाम्रो गौरवशाली क्रान्तिकारी माओवादी भनेर घमण्ड नगरे हुन्छ । बैध पनि जडसुत्रबादको सिकार हुनुहुन्छ । बाबुरामले पनि जसपामा घमण्ड नगरे हुन्छ ।
बिप्लबले पनि घमण्ड नगरे हुन्छ । अन्य सबैले यस्तै यस्तै कुनै न कुनै रुपमा प्रकट हुने घमण्डहरुलाई टोकरीमा मिल्काए हुन्छ । सबै सच्चिएर आउनुपर्छ । हिजोकोहरु एक ठाउँमा आउनुपर्छ ।

अहिलेसम्म कसले कति गरयो ? त्यतातिर होइन हामीले माओवादी कम्युनिस्ट आन्दोलनलाई कहाँ लिएर जिम्मा दिदैछौ ? हामी कहाँ फस्यौ ? सोच्नु पर्छ । एकपटक आत्मदेखि नै दस बर्ष लामो जनयुद्धको दुःख, संघर्ष, बलिदान र योगदानको बिषयमा सोचौं ।

आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपाङ्ग एवं शहीद परिवारलगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडि बढाउने सोच राख्नुपर्छ ।

जनयुद्धको योगदान उचित ढङ्गले समिक्षा र सल्लाह सुझावको अगाडि बढाउनुपर्छ । यसरी अगाडि बढीयो भने मात्र नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिनेछ ।

पुजीवादी व्यवस्थामा हातेमालो नगर्न सबैलाई अनुरोध छ । प्रचण्ड कमरेड यो पुरानो घिन लाग्दो व्यवस्थाको नेतृत्व गर्नु भएको छ । त्यो पुरानो सडेगले व्यवस्थामा परिणात हुनुभएको छ, त्यसबाट प्रचण्ड उम्किनैपर्छ ।

सबैले धोका दिनुभयो । दुःख गरेर खाने बर्गलाई भने देशको बारेमा धेरै चिन्ता लाग्छ । यिनै बर्गका लागि दस बर्ष जनयुद्धमा हजारौं हजार जनता सहिद हुनुभएको होइन ? तर किन तपाईहरु त्यहीँ पुरानै व्यवस्थामा होडबाजी गर्नु हुन्छ ?

अझै देशमा अन्यायपूर्ण शोषण दमन रोकिएको छैन, देश बेचबिखन गर्न अझै लालायित भइरहेको दृश्यहरु देखिरहेका छौँ । देशमा भ्रष्टाचार मौलाउदो छ । हत्याहिंसा, बलात्कार उस्तै छ ।

अब हामी सबै दलाल पुजीवादका विरुद्ध हाम्रो नेतृत्वले बैज्ञानिक समाजबादका मुख्य प्रवक्ताको रुपमा अघि सर्न अत्यन्तै महत्त्वपूर्ण आवश्यकता पनि छ ।

एकताबाट मात्रै अहिलेको पुजीवादी व्यवस्थालाई प्रतिवाद गर्न सकिन्छ । बरु यसको प्रतिवादमा कसरी जाने समीक्षा गरौं । अनि मात्र सत्यको बिजय हुन्छ

मेरो उदेश्य भनेको दलालसँग हातेमालो नगरौं भन्ने हो । दस बर्ष जनयुद्ध लडेर काठमाडौ पुर्‍याउने हामी जनमुक्ति सेनाको महत्त्वपूर्ण योगदान छ । सबै माओवादी नेतृत्वलाई दस बर्ष हामी बर्गसंर्घष, आत्मासंर्घष, मैत्रीपूर्ण संर्घष गरेर हामीले यहाँसम्म पुर्याएका हौं । फेरिफेरी हाम्रो अपमान नगरियोस् । आबस्यकता परेको खण्डमा फेरि आगोमा झोसिन पनि तयार छौं । दस बर्षसम्म जनयुद्धमा दुःख कष्टकर भोग्यौं । अझै भोग्न पनि तयार छौँ । तर ब्यक्ती पिच्छे दल नखोल्न तपाईंहरूलाई मेरो अनुरोध र आग्रह छ ।

२१ जेष्ठ २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको