वामदेव गौतमद्वारा एमाले परित्याग 

फाइल तस्बीर

भदौ १८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएका हुन् । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएको बताइएको छ ।

एमाले विभाजित भएपछि पनि तटस्थ बसिरहेका गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जान पनि बार्गेनिङ गरिरहेका थिए।

अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका थिए।

तर नेपालले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद स्वीकारेमा मात्रै आफू उक्त पार्टीमा आउने अडान लिएका थिए।

ओलीकै कारण एमालेमा बस्न नसक्ने निचोड निकालेका उनले शुक्रबार मात्रै समाजवादीमा जान शर्त सार्वजनिक गरेका थिए।

१८ भाद्र २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको