देशभर थप ३१६ जनामा संक्रमण पुष्टि

फाइल तस्बीर

मङ्सिर १५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५९ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनामा कोरोना परीक्षण भएको थियो । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ६५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५२९ जना रहेका छन् ।

त्यसमध्ये हालसम्म ८ लाख ३१ हजार ६८ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५२९ जना रहेको छ ।

१५ मंसिर २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको