आफुलाई फसाईएको भन्दै दाङबाट पक्राउ परेकी तुलसा प्रहरी सामु रोइन


फागुन १७ दाङ । स्कूटरबाट ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी ४२ बर्षीया तुलसा पोखरेललाई सोमबार प्रहरीले म्याद थपका लागि घोराही पठाएको छ ।

तुलसीपुर ५ स्थित पोखरेलको घर भित्रै राखेको स्कूटरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भएपछि प्रहरीले उनलाई आइतवार दिउँसो पक्राउ गरेको थियो ।

तर, पोखरेलले भने आफुलाई षडेन्त्र पूर्वक फसाईको बताउँदै आएकी छन् । एक प्रहरी अधिकारीका अनुसार आफन्तले नै आफुलाई फसाएको भन्दै तुलसा प्रहरी समक्ष रुने गरेको जानकारी दिए ।

म्याद थपका लागि घोराही लैजान खोज्दा समेत पोखरेल रोई कराई गर्दै जान नमानेको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अधिकारीका अनुसार तुलसा राति बेहोसपनि भएकी थिइन । उनी बेहोस भएपछि प्रहरीले राति उनलाई अस्पतालमा उपचारका लागि पु¥याएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहकी जिल्ला कमिटी सदस्य समेत रहेकी तुलसालाई षडेन्त्र पूर्वक फसाईएको भन्दै नेकपाका नेताहरुले समेत प्रहरीमाथि ब्यापक दबाब सृजना गरेको ती प्रहरी अधिकारीले बताए ।

१७ फाल्गुन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको