उखु किसान र सरकारबीच वार्ता


पुस १३, काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । उद्योग मन्त्रालयका प्रतिनिधिसँग वार्ता सुरु भएको हो ।

‘वार्तामा बस्नका लागि किसानले अघि सारेको प्रस्तवमा मन्त्रालय सकारात्मक भएपछि बार्ता सुरु भएको आन्दोलनरत किसान अगुवाईले बताएका छन् । उखु किसानको रकम १५ दिनभित्र तिर्ने वातावरण बनाउन सरकार सकारात्मक भएको खबर छ ।

१५ दिनमा सबै रकम उद्योगीबाट उठाइदिने जिम्मा नलिए थप १० दिनमा उद्योगीको सम्पत्ति जफत गरेर भएपनि रकम उठाइदिने निश्चित गर्न प्रस्ताव राखेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताएका छन् ।

किसानसँग औपचारिक तथा अनौपचारिक रुपमा वार्ता भईरहेको र आज पनि त्यसैको निरन्तारता भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नायारण रेग्मीले किसानको समस्या समाधान गर्न सहमतिको खोजी गर्ने बताएका छन् ।

१३ पुष २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको