उपत्यकामा ८ सय १७ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए [विवरणसहित]


असोज १२, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ६४९, भक्तपुरका ३६ र ललितपुरका १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा कोरोना भाइरसबाट १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार भक्तपुरकी ५१ वर्षीया एक महिलाको मत्यु भएको हो ।

आइतबार काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९ ) बाट ५ जनाको मृत्यु र ८०९ जनामा संक्रमण देखिएको थियो। काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। १९ हजार ६२४ कोरोनाका सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन्।

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।

१२ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको