एकैरातमा एनसेलका दर्जनौं टावरमा आगजनी


माघ १३, काठमाडौँ । काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ ।

आइतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही गाउँपालिका पाल्ही, अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ६ जुकेना, नवलपुरको कावासोती १७ वगनवली, बुम्दीकाली ३ रकुवाका एनसेल टावर, मकवानपुरको इन्द्र सवोवर गाउँपालिकाको देउराली, हेटोडा उपमहानगरपालिका १५ रातेमाटे, मनहरी गाउँपालिका ५ दिल्लीपुर, रौतहटमा चन्द्रपुर नगरपालिका १ कलटोल, चितवनको खैरेनी र कालिकाका एनसेल टावरमा आगजनी गरेको बताइएको छ ।

यस्तै काठमाडौँको टोखा नगरपालिका वडा नम्बर २ चन्डेश्वरी मन्दिर नजिकै टिकानारायण श्रेष्ठको खाली जग्गामा राखिएको एनसेलको टावर पनि आगजनीबाट ध्वस्त भएको छ । टावरमा लागेको आगो निभाउन टोखा नगरपालिकाको दमकल, स्थानिय र प्रहरी परिचालित भएको थियो । आगलागीबाट जेनेटर, संचारको तारहरु लगाएत विभिन्न मेसिनरी सामानहरुमा क्षेती पुगेको स्थानीयले बताएका छन् ।

एनसेलमाथि नेकपाले देशभर कारवाही गर्दै आएको जनाएको छ । नेकपाले स्थानीयका घरका छतमा राखिएका एनसेल टावर तत्काल हटाउन र सिम बहिष्कार गर्न अपिलसमेत गरेको छ । भ्रष्ट दलालहरुले कमिसन खाएर राज्यलाई अर्बौ कर नतिर्ने र जनतालाई ब्रह्मलुट गर्ने एनसेल विरुद्ध प्रतिरोध जारी राख्ने नेकपाले बताएको छ ।

१३ माघ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको