कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उल्लघन: रामचन्द्र पौडेल


पुस ११, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानवाद र लोकतन्त्र उपर प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास नरहेको बताएका छन् ।

शनिबार साँझ एक वक्तव्य जारी गर्दै नेता पौडेलले संविधानले प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरी लोकतन्त्रको आत्मामा प्रहार गरेको बताए ।

‘उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ ।

कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गरेको पौडेलको भनाइ छ । शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गरेको थिए ।

पौडेलले भने, अव हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । वरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु ।

यस्तै नेता पौडेलले नेपाली काँग्रेसले संसद विघटनको कदम सच्चियोस भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको बताए । उक्त प्रदर्शनमा सबैको उत्साहजनक सहभागिताको लागि उनको अनुरोध छ ।

११ पुष २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको