तुलसीपुरमा पहिलो पटक एक युवाको कारोनाका कारण मृत्यु

फाइल तस्बिर

असोज ९, तुलसीपुर । तुलसीपुरमा पहिलो पटक एक युवाको कोरोनाका कारण मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

बोनम्यारोको समस्या देखिएपछि ती युवा भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि गएका थिए । उपचारको क्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमन पुष्टि भएको आफन्तले बताएका छन् ।

भदौ ३१ गते कोरोना संक्रमन पुष्टि भएपछि उनलाई आइसियूसहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स हस्पिटलमा सारिएको थियो ।

उपचारका क्रममा उनको विहीवार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ । नेपाली सेनाले उनको अन्त्येष्टि काठमाडौं मै गर्ने तयारी गरेको पारिवारीक स्रोतले बताएको छ ।

यो सहित दाङका तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । घोराहीको ट्राफिक चोकमा एक जना सडकमा बस्ने महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो । त्यस्तै अर्का एकजना भारतमा निधन भएका व्यक्तिको दाङमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

९ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको