दाङमा अत्यावश्यकीय सामग्री अभाव हुन नदिन पिपिइ र स्यानिटाइजर हस्तान्तरण


चैत ११, दाङ । दाङमा कोरोना उपचारका लागि अत्यावश्यीय सामग्री अभाव नहोस् भनेर केही सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल थोक औषधि ब्यवसायी संघ दाङले ह्याण्ड स्यानिटाइजर पाँच सय वटा हस्तान्तरण गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत सो सामग्री हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष शालिकराम आचार्यको नेतृत्वमा गएको ब्यवसायीहरुको टोलीे स्यानिटाइजर हस्तान्तरण गरेको हो । बजारमा अभाव भएर दैनिक सुरक्षामा खटिने सुरक्षाकर्मीकाा लागि समस्या भएपछि स्यानिटाइजर हस्तान्तरण गरिएको संघका सचिव दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा जिल्लास्थिति सुरक्षा निकायका प्रमुखहरुको पनि उस्थिति रहेको थियो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले पनि अत्यावश्यकीय सामग्री प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरेका छन् ।

आफ्नै पहलमा काठमाडौंमा ल्याएका कोरोनाको स्याम्पल टेस्ट गर्न स्वाव संकलन गर्ने उपकरण र स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक (पिपिइ) हस्तान्तरण गरेको बताइएको छ ।

११ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको