जेठ १०, काठमाडौँ । चीनले कोरोना बिरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको छ ।
लेनसेट जर्नलमा शुक्रबार प्रकाशित रिपोर्ट अनुसार २८ दिन अघि एक सय ८ जना प्रोढहरुमा दिईएको यो भ्याक्सिनले सुरक्षित रुपमा ईम्युन क्षमता बढाएको पाईएको छ । यसले कोरोना बिरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको छ ।
यो कोरोना महामारीबाट प्रताडित मानवजातिका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ लेनसेटले लेखेको छ ।
अब यसको अन्तिम मुल्याकंन ६ महिना भित्र भईसक्ने लेनसेटले उल्लेख गरेको छ । कोविड विरुद्ध यसले पैदा गर्ने ईम्युनिटिले कति सम्म प्रतिरोध गर्न सक्छ भनेर अन्तिम नतिजाका लागि अझै केही परीक्षण आवस्यक परेको लेनसेटको बिज्ञप्तिमा उल्लेख छ ।
यो सुरक्षित ईम्युनको विकासले कोरोनाबाट सत प्रतिसत सुरक्षित गर्न सक्ने वा नसक्ने अझै केही समय थप परीक्षणमा लाग्ने उल्लेख गरिएको छ ।
चीनले वुहानमा कोरोना फैलिए पछि कोरोना विरुद्धको भ्याक्सिन आविष्कारमा जुटेको थियो । शुरुमा केही जनावारमा , त्यस पछि केही युवाहरुमा र पछिल्लो चरणमा करीब एक महिना अघि एक सय ८ जना प्रौढ र बृद्धहरुमा यो भ्याक्सिन दिएको थियो ।
जसबाट ती मानिसहरुमा प्रतिरोधी क्षमताको बिकास भएको पाईएको हो । साथै लेनसेटले भनेको छ , यो भ्याक्सिन सबैका लागि उपलव्ध हुन अझ धेरै समय लाग्न सक्छ ।
हाल अमेरीका, बेलायत लगायत ३० भन्दा बढी देशले भ्याक्सिन परीक्षण गरीरहेका छन् । ती मध्य सबै भन्दा अग्रस्थानमा चीन रहेको छ ।
प्रतिक्रिया दिनुहोस