परिवर्तन गाउँपालिकामा नि:शुल्क भिडिओ एक्सरे सेवा सञ्चालन


साउन ३२, रोल्पा । परिवर्तन गाउँपालिकाले गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडिओ एक्सरे सेवा सञ्चालन गरेको छ ।

परिवर्तन गाउँपालिका भित्रका सबै वडाहरुमा लागु हुने गरि गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडिओ एक्सरे सेवा संचालन गरेको हो । बुधबार गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका बासीहरुलाई विशेष गरी गाउँपालिका भित्रका गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडिओ एक्सरे सेवा सञ्चालनमा लिएको जानकारी गराएको छ।

आर्थिक बर्ष २०८०/८१ को नियमित मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको लागि ग्रामीण अल्ट्रासाउन कार्यक्रम,सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने गरी नि:शुल्क भिडिओ एक्सरे सेवा सञ्चालनमा ल्याइएको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम जि.एम.द्वारा हस्ताक्षर गरिएको एक सूचनामा जनाइएको छ ।

हरेक महिनाको पहिलो आइतबार स्वास्थ्य चौकी कुरेली, महिनाको पहिलो सोमबार सामुदायिक स्वास्थ्य इकाई बागमारा, महिनाको पहिलो मंगलबार स्वास्थ्य चौकी राङकोट, महिनाको पहिलो बुधबार स्वास्थ्य चौकी पाछाबाङ, महिनाको पहिलो बिहिबार आधारभुत स्वास्थ्य सेवा केन्द्र नाफे र महिनाको पहिलो शुक्रबार स्वास्थ्य चौकी राङ्सीमा सञ्चालन हुने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।

नि:शुल्क भिडिओ एक्सरे सेवा प्रदायकमा परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाका सह-संयोजक नन्दा बुढालाई जिम्मेवारी दिइएको छ । त्यस्तै सेवा प्रदायकको विषेश अवस्था बाहेक माथि उल्लेख गरिए अनुसार सेवा प्रवाह गरिनेछ।सम्बन्धित वडको स्वास्थ्य संस्थामा सेवा लिन छुट भएका र गर्भ सम्बन्धि कुनै असामान्य अवस्था देखिएमा बाँकी हप्ताको प्रत्येक शुक्रबार पुतलाचौरमा यो सेवा निरन्तर दिईने छ । गर्भवतीहरुले सेवा लिनु अगावै सेवा प्रदायकको ९८५७०८५९८८ मा सम्पर्क गरी भिडिओ एक्सरे सेवा लिन परिवर्तन गाउँपालिकाले आग्रह गरेको छ।

३२ श्रावण २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको