संसद होइन, ओली सरकार विघटन भएको होः प्रचण्ड

फाइल तस्बिर

पुस ७, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संसद विघटन नभएर ओली सरकार विघटन भएको दाबी गरेका छन् ।

बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको भन्दै उनले अझै पनि संसद विघटन नभएको बताए।

‘हामी लिडिङ पार्टी हौ । अरू कुनै पार्टी पनि विघटन मान्न तयार छैनन् । हामीले अदालतमा अपिल गरेका छौं । अदालतबाट संसद पुनर्स्थपना हुन्छ’, उनले भने ।

उनले आफूकहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै संविधान, नियम कानुन अनुसार यो नै वैधानिक नेकपा भएको बताए।

संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू अझै पनि रहेको भन्दै प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने जिकिर गरे ।

यहाँ तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठूलो उपस्थिति रहेको भन्दै उनले यो ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएका कसैंलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

ओलीको स्वच्छेचारिता बढेको भन्दै प्रचण्डले सचिवालय बैठकमा छुट्टै लिखित प्रस्ताव प्रस्तुत गरेका थिए । सोही प्रस्ताव प्रस्तुत गरेपछि नेकपामा लिखित रुपमै आरोप प्रत्यारोप चलेको थियो ।

यसअघि आजै बिहान बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो ।

७ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको