‘काण्डहरुमै अल्झिएको मेरो देश’


एउटा कान्ड सेलाउन अर्को प्रपोकान्ड मच्चाउदै जेनतेन तानतुन र जोडजाम गरेर बनाएको दुईतिहाईले पनि केहि नाप्ला जस्तो लागेन । हाम्रै देशमा डेड खरव भन्दा बढी कर उठाउन छोडेर सरकार ५५ अर्बको लागि देशलाई बन्दकी राख्दै छ ।

तर एक थरी जमातहरु भन्दैछन एमसीसीको ५० अरब रुपैयाँ नआए देश भासिन्छ ।

अरुण तेश्रोको मात्र अनुमानित लगानी १०४ अर्ब रहेछ । माथिल्लो कर्णालिको मात्र अनुमानित लगानी ११६ अरब रहेछ । यति धेरै रकम त्यसैलाइ सदुपयोग गर्‍यो भने के बिकासको लागि आर्थिक कमि हुनेछ त ?

एनसेल, वाइडबडी, चुडामणी, भ्याटछली, लगायत ठुला भ्रष्टाचारको खरबौ रुपैयाँले चाहिँ विकास हुदैन ? अरु राष्ट्रले पनि एमसीसी किन स्विकार गरेका छैनन । के अन्य राष्ट्र बिकास भएका छैनन् र बास्तबमा एमसिसि नेपाललाई भन्दा अमेरिकालाइ बढी टिकाउन चाहिएको छ।

अझ पछिल्लो समय अमेरिकाले एमसिसि बारे स्पस्ट पार्यो भनेर प्रचार गर्दैछन। किन यतिधेरै लचकता हुदैछ नेपालको राजनिती ?

चोरले कहिल्यै म चोर हु भन्छ र ? सुरुमा झ्याप हेर्दा अमेरिकी सहयोग लागेपनी, त्यो सहयोगले निकट भविस्यमै देश सिरिया बन्ने सुनिश्चित छ । एमसीसी बिधेक संसदबाट पास भएमा हाम्रो देश अमेरिकी कित्तामा उभिने छ ।

किनकि दस्तावेजमा स्थान नै तोकेको छ । जहाँ चितवन, पाल्पा र मुस्ताङमा अमेरिकी सेनाहरु नेपालमा आफ्नो क्याम बनाएर बस्नेछन । भबिस्यमा अमेरिकाको चिनलाइ घेर्ने रणनिती होला या भारतको साथ पाउन । कारण जे भए पनि यो अयोग्य रितिलाई रोक्नु पर्छ । संसदमा एमसीसी पास भए चीन चुप लागेर पक्कै बस्ने छैन। चिनले आफ्नो रक्षाको लागि कुटनैतिक पहल पक्कै गर्नेछ, फलस्वरूप नेपाल शक्ति राष्ट्रहरुको युद्ध स्थल बन्नेछ।

आर्थिक विकासको माध्यमबाट गरिबी न्यूनीकरण गर्ने एमसीसीको मुख्य उद्देश रहेता पनि छिमेकी देश चाइनालाई ब्यापारिक सम्झौतामा बाधक बनाउदै तिब्बत सम्म घुस्ने रणनीतिक भएको हुँदा तेस्रो बिश्व युद्ध चाइना र अमेरिकीकाको हुनेछ । अमेरिका र चिनको तेस्रो बिश्वयुद्ध हुँदा भारतको आसाम र नेपालको चाइना सिमा क्षेत्रमा अमेरिकी सैनिक र भारतीय सैनिक तैनाथ गर्नेछ । किन भने चाइनालाई अरू देशको सिमानाबाट आक्रमण गर्ने कठिन यात्रा र लामो दुरि पर्ने भएको हुँदा इराक सँग युद्ध लड्दा कुवेतमा पीडब्लुसी कम्पनी राखे जस्तै राख्नेछ ।

यदि चीनसँग युद्ध भयो भने नेपालको भुमी युद्धको रणभुमी झै हुनेछन । त्यसकारण पनि एमसीसी बिल संसदबाट पास गर्नुहुदैन मात्रै होइन, संसदमा पेस नै गर्नु हुदैन भन्ने धेरैको मत हो।

पद भागवण्डा खोसखास मै पाँच वर्षे जोवन खेर फाल्दैछ ! बहूलवाद, बहुदलीय ब्यवस्था, संसदीय ब्यवस्था, शासकीय ब्यवस्था सबै अरु कै राजनीति लाईन नै हुने भएपछि दुइतिहाइ कम्युनिस्ट हुम् भन्नु पर्यो ? तिम्रा पछिपछि लाग्ने हनुमान र दासहरु छन्, उनीहरुलाई नेपाली नागरिकको दर्जा दिन सकिएन। साम्राज्यवाद र विस्तारवादका दलाल पेशा र शक्तिको प्रभावमा परेर एमसिसि पास गर्ने तिम्रा योजना घातक छ ।

देश अझ बढी संकटतिर धकिलिएको छ। त्यसैले तेरो पार्टी र मेरो पार्टी नभनी पैसा पाए आफ्नै आमाको अस्मिता बेच्न तयार हुने राष्ट्रघातीहरु बिरुद्ध देसभक्त जनता धुर्बिकरण हुन जरुरी छ।

८ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको