संसद विघटन गर्ने मेरो रहर होइन, वाध्यता हो: प्रधानमन्‍त्री


पुस ६, काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीले कुनै अलमल र विवाद नगरीकन चुनावमा केन्द्रित हुन प्रधानमन्‍त्री अपिल गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्।

उनले भने, साढे चार महिनापछि नयाँ प्रतिनिसभा स्थापित भइहाल्छ। लोकतान्त्रिक गणतन्त्र संकटमा पर्छ र अस्थिरता हुन्छ भन्ने हल्ला निराधार छन् । कुनै पनि कुरामा नअमलिकन चुनावमा केन्द्रीत हुन सबैलाई आह्वान गर्छु ।’

प्रतिनिधिसभाको विघटन आफ्नो रहर वा रुचि नभएर वाध्यता भएको बताएका छन्।’ यो मेरो पनि रहर र रुचि थिएन। तर पार्टीभित्रैबाट घेराबन्दी र बाहिरबाट अहसयोग भएपछि वाध्य भएर जनतामा जाने कदम चालेको हुँ। यो मेरो रहर होइन, वाध्यता हो।’ओलीले संसद् विघटन भएर चुनाव घोषणा भइसकेकोले यसमा अब विवाद गर्नुभन्दा सबै दल चुनावमा जुट्नु उपयुक्त हुने बताए।

उनले आफ्नै पार्टीका केही साथीहरूले सरकारलाई असफल बनाउन र संसद्लाई अर्थहीन बनाउन निरन्तर गतिविधि चलाएको आरोप लगाए। उनले भने, विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु भन्दा उहाँहरूले चार महिना पनि कुर्नु भएन। निरन्तर उहाँहरूको आँखा पद र सत्तामा केन्द्रति देखियो।’ आफूलाई बद्‌नाम गर्ने र असफल तुल्‍याउन गम्भीर षडयन्त्र रचिएको उनको आरोप थियो।

सार्वभौम जनतामा जाने निर्णयले लोकतन्‍त्र, संविधान र गणतन्त्र अप्ठ्यारोमा नपर्ने उनले स्पस्ट पारे। उनले भने, यसले लोकतन्‍त्र र संविधानलाई अझ् बलियो र सुदृढ बनाउनेछ। सबैको फेरि परीक्षा हुनेछ।’

६ पुष २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको