ओलीले संसद विघटन गरेपछि बैद्य माओवादीले निकाल्यो विज्ञप्ति


पुस ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले संसद विघटनलाई सरकारको प्रतिगामी कदमको संज्ञा दिएको छ ।

पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो कदमलाई प्रतिगामीको संज्ञा दिएको हो ।

महासचिव मोहन बैद्य ‘किरण’द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको विद्यमान राजनीतिक संकट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान संकटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन ।’

यस्तो छ विज्ञप्ति

सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरुभएको अन्तरकलह र कचिङ्गल आज २०७७ मङ्सिर ५ बिहानको मन्त्रीमण्डलको बैठकसम्म आइपुग्दा संसद विघटनको सिफारिस गर्ने हदसम्म विकास हुन पुगेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष प्रस्तुत गरेको उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरी आगामी २०७८ बैशाख १७ र २७ गते मध्याबधि निर्वाचनको तिथिमिति समेत घोषणा गरेकी छिन् । यो प्रतिगामी कदम हो ।

देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन । यस सङ्कटको एकमात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना हो । यसलाई आम जनताले मनन गर्नु जरुरी छ ।

५ पुष २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको