महाशिवरात्रीमा यस्तो छ सवारी आवागमनको रुट


फागुन ८, काठमाडौं । महाशिवरात्रीमा पशुपति क्षेत्र आसपास प्रहरी सवारी प्रवेश निषेध गरेको छ।

शुक्रबार पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै प्रहरीले सवारी आवागमनको रुट समेत निर्धारण गरेको छ ।

प्रहरी तय गरेको रुट अनुसार चावहिलबाट गौशाला, पूरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

यससँगै दर्शनार्थीका सहजताका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारवटै ढोका खुल्ला गर्ने निर्णय गरेको छ । तीनवटा ढोकाका लागि कम्तिमा तीन लाइनको व्यवस्था गरिएको छ ।

दर्शनार्थीलाई समस्या नहोस् भन्नका लागि मन्दिर आसपासका सडकहरूमा सवारी आवागमन बन्द गर्न लागिएको र त्यसको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्नका लागि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यस्तो छ सवारी आवागमनको रुट

८ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको