सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक


माघ ६, काठमाडौ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

सोमबार सचिवालयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिका अनुसार माघ १२ गते सभामुख पदका लागि निर्वाचन हुने भएको छ ।

यसअघि माघ ७ गते सभामुख पदका लागि दलहरुले प्रस्ताव गर्नुपर्नेछ। सोही दिन अपहराह्न साढे २ बजे दर्ता क्रम अनुसार उम्मेदवारको नामवली प्रकाशन हुनेछ ।

माघ १२ गते दलहरूले प्रस्ताव गरेका उम्मेदवारका विषयमा निर्वाचन हुनेछ। एक उम्मेदवारको मात्र प्रस्ताव भएमा निर्विरोध सभामुख चयन भएको मानिनेछ ।

जेष्ठ सदस्यको हैसियतले राजपाका नेता महन्थ ठाकुरले प्रतिनिधिसभामा सभामुखको जिम्मेवारी सम्हाल्दै सभामुखको निर्वाचनको मिति घोषणा गरेका थिए। सोमबारको बैठक सञ्चालन गर्न ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले राष्ट्रपतिबाट सपथ लिएका थिए ।

सभामुखको कार्यतालिका सार्वजनिक गर्न उनले संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएपछि सचिवालय कार्यतालिका सार्वजनिक गरेको हो।गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन छ ।

नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ। बाँकी दलले भने सभामुखमा उमेदवारीबारे निर्णय गरिसकेका छैनन् ।

यस्तो छ कार्यतालिका 

६ माघ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको