कम्युनिष्टहरुलाई सामाजबादी यात्राका लागि कोभिड १९ -भाग २


कोभिड १९ का कारण मानवजाति र त्यसको सभ्यता माथि जोखिमको प्रश्न त छदैछ । संग संगै बिश्वभरि सामाजिक आर्थिक राजनीति सांस्कृतिक ब्यबहारिक लगायत थुप्रै आयामहरुमा ठुलो अन्तरबिरोध सृजना गरेको छ ।

यसरी हेर्दा विश्व पुरानै लयक‍ो राजनीति प्रणालि सामाजिक आर्थिक निति र ब्यवहार व्यापक फेरवदल हुन सक्ने संकेत देखापर्न थालिसकेका त्यसो त विश्वमा चलेका धेरै ठुलठुला युद्ध गृहयुद्ध क्रान्ति आन्दोलन संघर्ष महामारी जस्ता संकट पार गरे पश्चात् संकटका आभावहरुबाट शिक्षा लिदै संकटलाई अवसर बदलेर राष्ट्रिय समृद्धि हाँसिल गरेका थुप्रै देशहरु छन । उदाहरणको लागि जापान क्युबा भेतनाम कोरिया लगायतका देशहरुलाई लिन सकिन्छ, जसले संकटलाइ अवस्य जिते नै संकटको उपयोग गरेर बिद्यमान राजनीतिक कोर्षलाई बदलेर नयाँ कोर्षमा प्रवेश गरे, जसका कारण कुनैबेला बिकाशक्रममा नेपाल संग संगै रहेका देशहरु अहिले विश्व विकाश क्रमको अग्रमोर्चामा छन ।
नेपालमा यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा झण्डै दुइतिहाइ नजिकको सरकार छ । जस्ले आफ्नो बर्गिय आधार गरिव किसान मजदुर श्रमजीवीहरुलाई ठान्छ, जसले तिनै श्रमजीवीहरुको अधिकारका निम्ति युद्ध क्रान्ति आन्दोलन बलिदानिपुर्ण संघर्षको प्रयोगबाट सरकार सन्चालन गर्ने ठाउँ सम्म पुगेका छन ।

बिश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा रहेको बेला यस्तो दुर्लम अवसर ईतिहासमा कमैलाई प्राप्त हुन्छ । त्यो अवसर अहिलेको नेकपा संग छ र उसले सामाजिक न्यायमा आधारित उन्नत संघिय लोकतान्त्रिक गणतन्त्र समाजवाद हुँदै अन्ततःसाम्यवादमा पुग्ने लक्ष्य निर्धारण गरेको छ । जसलाई नेपालको संविधानले समेत निदृष्ट गरेको छ तर त्यसका आधार तैयार गर्ने तर्फ खासै जिम्मेवार नबनेको महसुस हुन्छ । जसलाई नेकपाले बर्गिय आधार मानेको छ । तिनै गरिब किसान मजदुर श्रमिक बर्गहरु अहिले कोभिड १९ को संकटमा सबै भन्दा बढि जोखिममा छन । यसरी हेर्दा आफ्नै बर्गप्रति नेकपा र त्यसको नेतृत्व इमानदार देखिदैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यसो भन्दा पार्टी बिरोधि आरोप लागाए पनि सहनुपर्छ भन्ने बुझाइ छ ।

एकातिर विदेशबाट श्रमिकले रगत र पसिनासंग साटेर पठाएको रेमिट्यान्सले मुलुकको मुल अर्थतन्त्र मुस्किलले धानेको छ । ब्यापारघाटा दिन दुइगुणा रात चौगुणा बढेको बढयै छ । उत्पादनमा पर निर्भरता छ । पुँजीगत बिकाश खर्च कुल बजेटको एक तिहाइपनि खर्च हुदैन । ब्यथिति भ्रष्टाचार र ब्यथितिले चरम सिमा नाधेको छ । त्यसमाथि कोभिड १९ ले देश भित्र र बाहिरबाट बेरोजगारीको चुनौतिको पहाड खडा गरिदिएको छ । यस परिस्थितिमा कम्युनिस्ट पार्टिको बर्गिय आधार कमजोर बनेको छ।

गरिव किसान मजदुर श्रमिक युवाहरु निर्दा र निर्वलिया बनेका छन । हजारौं लाखौं श्रमिक युवाहरु खाडिका मुलुहरुमा अलपत्र छन । हजारौं श्रमिकहरु भारतका ठाउँ ठाउँमा उद्दारको याचना गरिरहेका छन । हजारौं श्रमिक मजदुरहरु नेपाल भारत वाउडर पारि स्वदेश फर्किन चीत्कार गरिरहेका छन । सामाजिक सन्जालमा परदेशिहरुले आफन्तको मृत्युको संस्कार परदेशमै गरेको, परदेशमै मृत्युवरण गरेर लास नेपालमा लैजान पाँउ भनेर प्रधानमन्त्रीक‍ो नाउँमा चीत्कार गरेको देख्दा सुन्दा मन कुँडियर आउछ । आखिर ती पनि त हाम्रै नेपाल आमाका छोराछोरी हुन । गरिब हुनुमा आखिर ति निर्दोष नागरिकको के दोष थियोे र जस्ले आफ्नो आफन्तको अन्तिम दाहसंस्कार सम्म आफ्नै भुमिमा गर्ने पाउदैनन ।

राज्यले कोभिड संटकको वहना बनायर गरिबहरु मानविय समवेदना वा भावना माथि आघात गरेको अनुभूति हुन्छ । तिनै परदेशियकाहरुले पठायको रेमिट्यान्सले मुलुक धानेर राज्य चलाउने त्यहि नागरिकले मृत्युवरण हुदा समेत कोरानालाई तेर्स्याएर राज्य जिम्मेवारीबाट पन्छिने यो कस्तो बिडम्बना । सायद स्वदेश मै रोजगारी हुदोहो त गरिबी नहुदो त यो दिन देख्न पर्ने थियन होला । यतापट्टि राज्य समवेदनशील बनोस, मजदुरहरुको श्रमिकहरुको भनिने पार्टी पनि जिम्मेवार बनोस ।

आज समग्रमा हेर्दा गरेर खाने श्रमिक मजुर बर्गको अवस्था कोभिड १९ ले गर्दा कमजोर र दयनीय बनेको छ । यस अवस्थामा जनताको समाजवादमा पुग्ने सपना बाँडिएको छ । सामाजवादका लागि तैयार हुनुपर्ने बर्गिय आधारहरु लाई कमजोर र निरह बनायर कस्तो समाजवाद निर्माण हुने हो ताजुब लाग्ने बिषय छ । समाजवाद निर्माण गर्ने आधार तैयार गर्ने आधारभुत सुचकहरु नै ओझेलमा परेका छन । ती सुचकलाई अझेलमा पारेर ल्याइने समाजवाद समाजवाद हुदैन । त्यो दलाल नोकरशाही पुजीवादमा रुपान्तरण हुन्छ । त्यसले राष्ट्र र जनता र राष्ट्रको हित गर्दैन । गरिव किसान श्रमजीवी श्रमिक मजदुरक‍ो मुक्ति बिना निर्माण गरिने वा ल्याईने समाजवाद केवल जनता झुक्याउने काइदा मात्रै हो समाजवाद निर्माण गर्ने राज्य र पार्टीले आफ्नो बर्गिय आधारहरु लाई बलियो र शशक्त बनाउन सक्नु पर्छ । नत्र अर्कै बर्गलाइ फाइदा हुने समाजवाद दलाल नोकरशाही पुजिवाद हो । यसमा भ्रमित हुनुहुदैन यतातिर सबै जिम्मेवार र समवेदनशील बन्न जरुरि छ ।
लामो बलिदानिपुर्ण संघर्ष जनताको लोकप्रिय मतद्वारा समाजवाद निर्माण गर्ने कार्यभार प्राप्त गर्नु नेपालमा मात्रै नभयर विश्व कम्युनिस्ट आन्दोलनको ठुलो दुर्लभ उपलब्धि हो । यस्तो उपलब्धि जो कोहिलाइ प्राप्त हुदैन ।

यतिबेला नेकपा र त्यसको नेतृत्वको सरकारको कार्यभार नेपाली जनता मुल रुपमा त हुनेनै भयो तर लामो समय यता रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलन र संसार भरिकै श्रमजीवी सर्वहारा बर्गले नेकपा र त्यसको नेतृत्व सरकारलाई हेरिरहेका छन कि नेपालका कम्युनिस्टहरु कोभिड संकटको सामना कसरि गर्छन । कस्तो अर्थनिति कस्तो परराष्ट्र निती अबल्मबन गर्छन र जनजिविकाको हकमा के गर्छन । उनिहरुको चासोको बिषय बनेको छ । आज नवउदारवाद र पुजीवाद पुजिवाद विश्वबाटै असफल बन्दै गएको पुजीवादीहरु भित्रै बहस चल्न थालेको छ । कोभिड १९ को संकटमा पुजीवादीहरुलाई नयाँ मोडेल बिकल्प दिन सक्ने कि नसक्ने आम चुनौतिपनि नेकपा र अहिलेको सरकारलाई छ आफ्नो बर्गप्रति गतिलो इमानदारीता प्रकट गर्न नसकेका नेपाली कम्युनिस्टले यति गहिरो चुनौतिको हेक्का राखेका होलान कि नहोलान अर्को जबर्जस्त प्रश्नपनि उत्तिकै छ । शुभेच्छा गरौ सक्ने छन सक्नु पर्छ ।

मुलत : श्रमजीवी बर्गको अाधारमा जनताको ठुलो बलिदानि त्याग तपस्या साथ समर्थनमा ब्यबस्थाको परिवर्तन संगै राजनीतिक आन्दोलन संविधान निर्माण मार्फत एउटा बिन्दुमा पुगेको छ धेरै राजनीतिक उपलब्धि पनि हाँसिल भएकाछन यसैलाई निष्कर्ष मान्ने हो भने सामान्य तया हरेक राजनीतिक क्रान्ति पछि आर्थिक निर्माणको चरण सुरु हुन्छ जहाँ बिकास समृद्धिको क्रान्ति आवस्यक हुन्छ । चित्त बुझदो र गुणात्मक रुपले नभय पनि त्यसका सामान्य प्रयास हामिकहाँ पनि हुन थालेकाछन छन । जो सकारात्मक भएपनि ती सामान्य सुधारवादि र निरन्तरताको गतिमा छन खालि निरन्तरता र सुधारवादि कार्यक्रम ले मात्रै आजसम्मको ब्यथित अन्त गर्न र जनता राष्ट्रको समस्या सम्बोधन गर्ने सकिँदैन त्यसका लागि जनताको व्यापक सहभागिता सहितको बिकाश र समृद्धिको युद्ध छेड्ने साहस नेतृत्वले गर्नुपर्नेहुन्छ जो अवसर प्राकृति रुपले कोभिड १९ कोरना भाइरसको संकटले जुटाईदिएको छ ।

यसका अन्तरबिरोध नकारात्मक गुण प्रवृत्ति माथि बिजय प्राप्त गर्दै यस संकटले निम्त्याएका समस्या अन्तरबिरोधहरु लाई सकारात्मक कोणबाट संकटलाइ अवसरमा बदलेर यहीँ जगको आधारमा समाजवादि अन्दोलनको आधार तैयार र नेतृत्व गर्ने सकिन्छ । त्यसका लागि कोभिड १९ को संकट नेकपा र त्यसको नेतृत्वमा लागि समाजवादी यात्राको थालनिको मुख्य कडि बन्न सक्छ र बनाउन सक्नु पर्छ ।
यदि समाजबादको यात्रा थालनि गर्न नै हो यदि मुलुक र जनताको समृद्धिको सपनालाइ वास्तविक अर्थमा साकार पार्ने हो भने पहिलो कुरा कोरना भाइसर माथि बिजय प्राप्त गर्ने तिर अाफ्ना सबै पर्यत्नहरु केन्द्रित गरेर नागरिकको जिउधनको रक्षा गरिन जरुरि छ ।

दोस्रो कोभिड १९ कोरना संकटले प्रभावित सामाजिक अार्थिक राजनीतिक साँस्कृतिक ब्यबहारिक जनजिविकाहरु माथि उत्पन्न अन्तरविरोधहरुको कार्यभार पूरा गर्न जरुरि छ त्यसका लागि कम्युनिस्ट पार्टी त्यसको नेतृत्व अाफ्नो बर्गतिर फर्किन जरुरि कम्युनिस्ट पार्टीका बर्गिय अाधारहरु गरिव किसान मजदुर श्रमिकहरु नै ती बर्ग अाधार लाई बलियो र शशक्त बनाउन अावस्यक छ तिनिहरु माथि कोभिड १९ कोरना भाइरस ले उब्जायका त्रास प्रश्न मनोविज्ञान अन्तरबिरोधहरुको सम्बोधन गरिनुपर्छ दोस्रो कार्यभार हो ।
तेस्रो ठोस रुपमा भन्नू पर्दा बर्गिय अाधार लाई बलियो पारेर स्वदेशमा रहेका श्रमिजिवि बेरोजगार युवाा युवतिहरु र कोभिडसंकटले वैदेशिक रोजगार बाट फिर्ताहुने युवायुवतीहरु को दिर्घकालिन उचित ब्यबस्थापन गरि गरिबी असमानता बेरोजगारी हटाउन सक्नु त्यसको त्यस्रो मुख्य कार्यभार हो ।

यसकार्यभार लाई पूरा गर्ने सम्पुर्ण युवाहरु लाई राष्ट्र निर्माण को महाअभियानमा राज्यको नेतृत्वमा परिचालन गर्ने सकिन्छ बिशेषगरि १६ बर्ष देखि ४० बर्ष उमेर समुहका सक्रिय योगदान गर्ने सक्ने समूह हामिकहाँ छ यो उमेरसमुह कि बैदेशिक रोजगारमा बिदेशमा छ नेपालमा भएकाहरुको पनि राज्यले ब्यबस्थापन गर्न सकियको छैन ती उमेर समुहका युवाहरु लाई एकपटक राष्ट्र निर्माण का लागि अावहवान गर्ने अवसर कोभिड१९ ले दिएकोछ त्यो अवसरलाई राज्ले गुम्न दिनु हुदैन ।

युवा शक्ति कुनैपनि देशको राजनीतिक अार्थिक परिवर्तनको संवाहक हो यो समुहको जनशक्ति सर्वाधिक सकृय उर्जावान गतिशील पनि हुन्छ यो मानव संसाधन बिकाशको प्रमुख साधन हो युवा राष्ट्रिय बिकाशका मानव स्रोत साधन पनि हुन यो शक्तिलाई नेपालको कृषि,पर्यटन,उद्योग,उर्जा लगायतका क्षेत्रमा श्रमसेना,उत्पादन बिग्रेट, श्रमसहकारी जस्ता संरचना निर्माण गरेर पुर्वाधार विकाशमा परिचालन गरेर राष्ट्रिय समृद्धि हाँसिल गर्ने सकिन्छ त्यो अवसर कोभि१९ले संकटको रुपमा जुटाइदिएकोछ त्यसको भरपुर उपयोग राज्यले गर्ने सक्नु पर्छ यसरी स्वदेश मा रहेका र कोिड१९ संकटले बैदेशिक रोजगार बाट स्वदेश फिर्ता हुने बेरोजगार युवाहरुको जिम्मा राज्यले लिनुपर्छ राष्ट्रियपुँजी को निर्माण गरि राष्ट्रिय औद्योगिकरणको माध्यमबाट उनिहरुको ज्ञान सीप क्षमता सृजनशिलता लाई योगदान गर्ने अवसर राज्यले नै निर्माण गरिदिनुपर्छ ।

बर्गको उत्पतिमा निजि सम्पत्तिको भुमिका त हुन्छ नै तर राष्ट्रियपुँजिको निर्माण र राष्ट्रिय अौधोगिकरणले निजि स्वामित्व लाई घटाउदै सामाजिक स्वामित्व तिर लैजान्छ उत्पादन ब्रिगेट सहकारी श्रमसेना श्रम ब्रिगेट समुदायमा अाधारित कम्युनहरु बाट काम गर्दा योग्यता अनुसारको काम र काम अनसारको दाम प्राप्त गर्ने अवसर सबैलाइ प्राप्त हुन्छ जसले लक्ष्य निर्धारण गरेको समाजवादको जग बसाउन ठुलो मदत गर्न सक्छ ।

त्यतिमात्र होइन यति गर्ने सके गरिबी असमानता बेरोजगारी घटाउन सकिन्छ राष्ट्रिय अर्थमन्त्र बलियो हुन्छ राष्ट्रिय पुँजिको निर्माण हुन्छ । राष्ट्रिय औधोगिकरणले हजारौं लाखौं मजदुरहरुलाई स्वदेश मै स्वरोजगार बनाउन सकिन्छ । जसले बर्गिय अाधारका जनतालाई सबैकोणबाट बलियो बनाउछ उत्पादनमा आत्म निर्भरता हुन्छ आन्तरिक राष्ट्रियता मजवुत हुन्छ र त्यो अवस्थामा बर्ग दुस्मन दलाल नोकरसाहि पुँजिवाद कमजोर हुन्छ त्यहिबेलामा राज्य र नेतृत्वले हस्तक्षेप गर्ने सके दलालपुजिवाद लाई पराजय गर्न सकिन्छ । त्यस पुर्व नै सुनौलो समाजवादको अाधार उदघाटन भैसकेको हुनेछ जहाँ गरिव किसान मजदुर श्रमिकहरु ले बिजय प्राप्त गरेका हुनेछन ।
राज्यप्रति अपनत्व बोध गरेका हुनेछन यसका लागि मुल रुपमा राजनीतिक नेतृत्व र बिशेषगरि राज्य बर्गिय आधारका जनता प्रति इमानदार बन्न जरुरि छ । यसरी कोभिड १९ कोरना संकटलाइ अवसरमा बदल्न सकिन्छ र समृद्ध राष्ट्र निर्माणको माध्यमबाट समाजवादको आधार तैयार गर्ने सकिन्छ । जनताको समृद्धिको आकांक्षा पूरा गर्ने बाटोमा हिडन सकिन्छ ।

यदी यसरी कोभिड १९ को संकटलाइ अवसरमा बदलेर त्यसलाई उपयोगको माध्यमबाट समृद्धि र निर्माणमा जोडन सकिएन भने नेपाली जनताको समृद्धिको सपना पूरा हुनेछैन नेकपा र त्यसको नेतृत्वको सरकार समाजवाद निर्माण गर्न ऐतिहासिक कार्यभार बाट कोभिड १९ कै कारण चुक्ने छ । जसले गर्दा राष्ट्र गम्भीर दुर्घटनामा पर्ने खतरा रहनेछ कोरनाले राष्ट्रिय अर्थतन्त्र धरासयि बन्ने छ । बेरोजगारीको समस्याले चरम रुप लिने छ । ‘खालि दिमाग सैतानको घर’ भने जस्तै समाजमा अपराधका घटना बढने छ । राज्यप्रति बितृषणा र नकारात्मक धारणा निर्माण हुनेछ । समाज अराजक र अस्थिर बन्ने छ । अस्थिर समाज हिडने बाटो जतापनि हुनसक्छ । त्यसपरिस्थिमा प्रतिगमनकारीले टाउको उठाउनेछन विभिन्न अभियान्ताको नाममा जनताको भावना संग खेलिरहेका लाई मलजल पुग्ने छ । क्रान्तिका मुडमा रहेका दल समूह शशक्त हुनेछन त्यतिबेला प्राप्त उपलब्धि पनि गुम्नेछन र राष्ट्र दुर्घटनाको खतरामा पर्ने छ । अहिलेका दल ब्यबस्था पनि कोल्याप्स भयर नयाँ गन्तव्य तिर देश नजाला भन्न सकिन्न । त्यसैले कोभिड १९ कोरना भाइरसको संक्रमण माथि बिजय प्राप्त गर्दै त्यसले उत्पन गरेका अन्तरबिरोधहरु ईमानदारी पुर्वक हल गरौ यसैमा सबैको कल्याण हुनेछ ।

५ जेष्ठ २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको