सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाईते


भदौ ३१, सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् ।

जिल्लाको भोटेचौरबाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस राप्ती राजमार्ग अन्तरगत छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा बुधबार बिहान साढे १० बजे दुर्घटना भएको हाे ।

१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले बताएका छन । घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ। उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको छ ।

गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ । गाडी कसरी दुर्घटना भयो भन्ने जानकारी नभएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

घाइते हुनेहरुकाे नाम

छत्रेश्वरि ६ का नवीन घर्ती
अपेक्षा केसी
तोरन सार्की

कृष्ण चलाउने
बिजय बिक
खिमलाल नेपाली

सन्तोष नेपाली
भक्त केसी
नेत्र मल्ल

छत्रेश्वरी ७ कि राधिका खड्का
भुमिका खड्का

गाडिका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसी

बागगचौर ६ का पदम वलि

जानकी गाउपालिका ५ कैलालिका अमृत चौधरी
साेहि ठाउँकि सुस्मिता चौधरी

३१ भाद्र २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको