युएईले बाँडेको मुस्कान: ‘मरुभूमिका विजयका कथाहरु हुन्’


युएईले बाँडेको मुस्कान हात परेको धेरै भएको छैन । ब्यस्तताको बाबजुद पनि मुस्कान भित्रको कथा तीन बसाईमा पढी सके ।

डेरा दुबई देखि जेबिलालीसम्मको त्यो डेढ घण्टाको बस यात्रामा मैले पढी सिध्याएको हो । तीन साझमा हरेक दिनको डेढ घण्टाको हिसाब गर्दा ४ घण्टा ३० मिनेटमा पढी सकेछु ।

त्यो ४ घण्टा ३० मिनेट कसरी बित्यो मलाई थाहा छैन । सजिलै बित्यो । म स्थिर हुँदो हुँ त त्यो क्षण मलाई पत्यार लाग्दो हो । पात्रहरुसंग म बगिरहे । बलै त्यो कसैले लेख्यो होला तर मेरै कथा लेखिएको थियो ।

यी कथाहरु कुनै साहित्यकारले रिसोर्टको एकान्त कोठा वा कुनै रमणीय प्राकृतिक छटाले भरिएको रंगिन भुगोलमा रचिएको काल्पनिक कथाहरु होइनन् । कसैले बान्की पारिएको कल्पना गरिएको कथा खोज्छ भने त्यो यहाँ भेटिदैन । कथा त कथा तर यो बालुवाको सत्य कथा हुन् । मरुभूमिका बिजयका कथाहरु हुन् । यहाँ साहित्यको फुलबुट्टा भरिएको छैन ।

त्यो मुस्कानको कथा थियो तर धेरै ठाउँमा आँसु पनि खसेको छ । एकपटक त्यतिखेर आँसु खस्छ जतिखेर पात्रहरुको युएईमा संघर्षको कथा शुरु हुन्छ । तर जब कथा बग्दै जान्छ र अन्तिममा पुग्छ । तब फेरि आँसु खस्छ । तर त्यो खुसिको आँसु थियो ।

हुन त सबै आँसुको स्वाद नुनिलै हुन्छ तर मीठो थियो त्यो आँसुको स्वाद । मिठास थियो । सायद गुलियो भन्दा पनि गुलियो थियो । त्यही आँसु खुसिमा मीठो लाग्ने र दु:खमा बेस्वादिलो । आँसुको यो लिला पनि अनौठो हुनेरहेछ ।

आजसम्म हामीले अरबका थुप्रै कथाहरु लेख्यौं र पढ्यौं । ती कुनै पनि कथाले हामीलाई हसाएन । रुवायो मात्रै । थाहा छैन कति बगे आँसुहरु ? सायद कमै मान्छेहरुलाई थाहा छ अरबले पनि मुस्कान दिनसक्छ । ती कमै मुस्कुराउने भाग्यमानी मान्छेहरुमा म पनि हुँ । रोएर त पक्कै १६ बर्ष बितेन होला ।

युएईको मुस्कान एउटा पठनिय पुस्तक हो । यसले रुनेहरुलाई पनि हसाइदिने छ । बेल्चा चलाउने मज्दुर देखि लिएर पेट्रोल पम्पसम्मका मजदुरहरुको नशा नशामा उर्जा थपिदिनेछ र कुनै दिन आफू पनि मालिक हुनेछु भन्ने सपना जगाइदिने छ ।

२ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको