रातिबाटै मौसम सक्रिय, कहाँ के हुन्छ ?

फाइल तस्बिर

माघ १, काठमाडौं । विहीबार मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । आज रातिदेखि नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

यसैगरी शुक्रबार मध्य तथा पूर्वी उच्च पहाडीरहिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा हुनुका साथै मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

मध्य तथा पश्चिमी भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेकाले सो भेगमा बसोबास गर्ने स्थानीयहरूलाई चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

१ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको