ओली सरकारविरूद्ध प्रदर्शनमा उत्रिएकोमा कांग्रेसलाई बाबुरामको बधाइ


मङ्सिर २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस सरकारविरूद्ध प्रदर्शनमा उत्रिएकोमा बधाइ दिएका छन्।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रिएकोमा उनले कांग्रेसलाई बधाइ दिएका हुन्।

कांग्रेसले सरकारविरूद्ध आज ७७ जिल्लाबाट विरोध गरेको थियो। भट्टराईले आज ट्वीट गर्दै लेखेका छन्, ‘ओली सरकारको निरंकुशता/कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ!’

उनले अब संसद बैठक बोलाउन पहल गर्नुपर्नेमा जोड दिएका छन्।

‘भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ,’ उनले भने, ‘अब सदन बोलाउन पहल गरौं।’

उनले जनता समाजवादी पार्टी पनि पार्टी एकताका बाँकी काम सकेर सडक र संसदबाट सरकारको विरोधमा उत्रने उनको भनाइ छ।

‘जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक र सदनमा गर्जन्छ!,’ उनले भने।

२९ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको