शर्मिला तामाङको हावा चल्यो बिमोचन


नेपाली गीत संगीतले फरक मोड लिएको छ । क्यासेट, सिडि, सि आर बिटि पि आर बिटि हुँदै अहिले डिजिटल बजार र्थात युटुबमा पुगेको सबैलाइ अबगतनै छ । आजभोलि गीत संगीतको बजार भनेको नै युटुब हो, जहाँ अपलोड गर्ने अनि भिउज जस्को बढी जान्छ उस्को गीत चलेको अर्थात हिट भएको मानिन्छ ।

गीतलाई बिमोचन गरि बजारमा लिउने कार्य आजकल अलि कमि भएको देखिन्छ केही सर्जक गाएक गायिकाले मात्र गीत बिमोचन गरेको पाइन्छ । पहिलेको भन्दा धेरै कमै मात्रामा गीतहरु बजारमा आउने गरेको पाइन्छ ।

सर्जकबाट नाम कमाउदै आउनु भएकी शर्मिला तामाङ अहिले आफ्नै स्वरमा गीत बजारमा लिएर आएकी छिन पान खायो मायाले चुना हालेर गीतमा सर्जकको काम गरिसकेपछी ठुली कान्छी लगाएत थुप्रै गीतहरूमा आवाज दिइसकेकि शर्मिला अहिले आफ्नै शब्द संगीत र स्वरमा “हावा चल्यो” बोलको गीत बजारमा लिएर आएकी छन स्वरमा पासाङ लामाले साथ दिएका छन जुन गीतको आज बिमोचन सहित बजारमा आएकोछ ।

चर्चित निर्देसक शिव बिकको निर्देसनमा रहेको भिडियोलाई कुसल छायाङ्कर अजय रेग्मिको छायाङ्कन र पदम सुबेदीको सम्पादन रहेको छ । बिमोचन कार्यक्रममा लक्ष्मी तामाङ्को सन्चालनमा रहेको कार्यक्रममा सभा नायकको आसन ग्रहनको भुमिकामा गायिका शर्मिला तामाङ रहेकी थिइन् भने प्रमुख अतिथी पदम बहादुर लामा रहेका थिए ।

स्वागत मन्तव्य गायक पासाङ लामाले दिएका थिए । थुप्रै कलाकार पत्रकारको सहभागी रहेको कार्यक्रममा थुप्रै दर्सकहरुको पनि सहभागी रहेका थिए । कार्यक्रम बौद्ध स्थित डिग इन रेस्टुरेन्टमा भएको थियो ।

सुरज घिसिङ र सुजु श्रेष्ठको अभिनयमा यो भिडियो हेर्न पाइने छ भिडियोलाई शर्मिला तामाङको आफ्नै युटुब च्यानलमा प्रसारण भएको छ ।

हेर्नुहोस भिडियो:

२ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको