संक्रमित महिलाको श’व परिवारले सुटुक्क जलाएपछि…

फाइल तस्बिर

असोज २६, राजविराज । सप्तरीमा मृत्यु भएकी एक कोरोना संक्रमित महिलाको श’व परिवारका सदस्यले सुटुक्क जलाएका छन्।

कोरोना संक्रमणबाट मृत्यु भएकी ६६ वर्षीया महिलाको श’व उनका परिवारका सदस्यले जानकारी नदिइ अन्तिम संस्कार गरेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। यो खबर मनोहर पोखरेलले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।

डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी महिला राजविराज नगरपालिका–६ सिरहा रोडमा पसल सञ्चालन गरेर श्रीमानसँगै बसेकी थिइन्। उनको सप्तकोशी नदी किनारमा परिवारका सदस्यहरुले आइतबार दा’ह सं’स्कार गरेका छन्।

राजविराज नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम यादवले श’व व्यवस्थापनको जिम्मेवारी स्थायी घर रहेको डाक्नेश्वरी नगरपालिकाको रहेकोले श’व व्यवस्थापनबारे आफूलाई जानकारी नभएको बताए।

त्यसैगरी डाक्नेश्वरी नगरपालिका–७ का वडा अध्यक्ष रामनारायण चौधरीले पुर्ख्यौली घर डाक्नेश्वरी भए पनि लामो समयदेखि आवतजावत समेत नगरी राजविराजमै बसेकाले राजविराज नगरपालिकाले श’व व्यवस्थापन गर्नु पर्ने भन्दै पन्छिए।

केही दिनदेखि ज्वरो आएको महिलाको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेकी उनलाई आइतबार बिहान स्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो।
अस्पताल भर्ना भएको एक घण्टामै मृत्यु भएकी महिला कोरोना संक्रमित भएको जानकारी समेत नदिई परिवारका सदस्यहरुले श’व लिएर गएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

श’व व्यवस्थापनबारे स्वास्थ्य कार्यालय, स्थानीय प्रहरी, प्रशासन र नेपाली सेनाले दिनभरि पत्ता लगाउने प्रयास गर्दा मृतकको दा’ह सं’स्कार भइसकेको जानकारी राति मात्र पाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले बताए।

यो समेत सप्तरीमा ३ महिलासहित २१ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सप्तरीमा हालसम्म १ हजार ४०१ जना कोरोना संक्रमित भएकोमा १ हजार ११२ जना निको भएका छन्।

२६ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको