दाङमा आफ्नै बसभित्र विष सेवन गरी गाडी धनीले गरे आ’त्मह’त्या

सांकेतिक तस्बिर

भदौ २७, दाङ । तुलसीपुर बसपार्कमा एकजना गाडी धनीले बस भित्रै विष सेवन गरी आ’त्मह’त्या गरेका छन्।

सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार विष सेवन गरि आ’त्मह’त्या गरेका छन् ।

बस्नेतले आफ्नो पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर विष सेवन गरि आ’त्मह’त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृ’त घोषणा गरेको डिएसपी सिंहले बताए । बस्नेत आफै साहु र चालक समेत हुन् । उनले आ’त्मह’त्या किन र के कारणले गरे भन्नेबारे अहिलेसम्म केहि नखुलेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

२७ भाद्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको