उपत्यकामा निषेधाज्ञा खुकुलो, अब कुन-कुन क्षेत्र खुल्छन ?


भदौ २४, काठमाडौं । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ । निषेधाज्ञाका मोडालिटी उपत्यकाका तीनै जिल्लका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले परिवर्तन गरेका हुन् ।

मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्‍त्रालयमा पठाएको मोडालिटी स्वीकृत भएको छ।केही बेरमा तीनै जिल्ला प्रशासनले खुकुलो व्यवस्थासहितको निषेधाज्ञा जारी गर्दैछन्।

नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो। तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्दै रहने छन्।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका थिए।

२४ भाद्र २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको