ईप्रका घर्तीगाँउले सवारी चालक र यात्रुलाई किन बाड्यो चकलेट ?


फागुन २३, रोल्पा । ईलाका प्रहरी कार्यालय घर्तिगाँउले गल्ती गर्ने र नगर्ने सवारी चालकलाई चक्लेट वितरण गरेकाे छ ।

रोल्पाको माडी गाँउपालिका -२ घर्तीगाउँ स्थित सडकमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको ‘चालक र यात्रुसंगको १ मिनेट कार्यक्रम’लाई लक्षित गरि गल्ती गर्ने र नगर्ने चालक दुवैलाई चक्लेट वितरण गरेकाे हाे ।

जनचेतना कार्यक्रम अन्तर्गत छतमा यात्रु चढाई यात्रा नगर्न अनुरोध गरेको ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । खड्काले सवारी चालक अनुमति पत्र तथा आवश्यक कागजपत्र विना सवारीसाधन नचलाउन र क्षमता भन्दा बढी यात्रु नराख्न्न आग्रह गरेको बताए ।

उनले सवारी साधनवाट बाहिर फाेहाेर नगर्न अनुराेध गर्नुका साथै चालक र यात्रुसंग १ मिनेट अन्तरक्रिया गरिएकाे बताए ।

समुदायमा लक्षित प्रहरी र स्थानीय विच नागरिक मैत्री अभियान समेत सञ्चालन गर्ने भएकाे छ । प्रहरी मेराे साथी, मुस्कानसहित सेवा, नागरिक सहजकर्ता, मेष सुधार अभियानलाई समेत प्राथमिकता दिने भएकाे छ ।

काठमाडौं उपत्यकामा सञ्चालित जुनियर र सिनियर प्रहरीविच समान भाईचार स्थापित गर्ने कार्यक्रम अाफ्नाे ईप्रकामा समेत लागू गर्ने प्रहरी निरीक्षक खडकाको भनाई छ ।

२३ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको