सुचना प्रवाह प्रबिधिमैत्री कि, भाईरलमुखी ?


पछिल्लाे समय प्रविधिकाे तिव्र विकासले मानिसकाे जिवन यापन र दैनिकीमा अपत्यारीलाे परिवर्तन गरिरहेकाे छ । समयकाे अन्तरालमा परेवाले कागज बाेकेर सूचना आदान प्रदान गर्ने प्राचिनतम प्रविधि कट्वाले प्रथा, हुलाक सेवा, रेडियाे, टेलिभिजन, टेलिफाेन हुदै इन्टरनेट तथा सामाजिक संजाल सम्म आइपुगेकाे छ । महिनाै लगाएर गरिने सूचना प्रवाह यतिखेर वर्तमान परिवेशमा आएर सेकेण्डमै सूचना प्रवाह गर्न सकिने भएकाे छ ।

पछिल्लाे समय फेशवुक, ट्विटर, ह्वाट्सएप, इमाे, टिक टक, स्काइप, इनिष्टाग्राम, यूट्युव जस्ता सामाजिक सञ्जालहरुले विश्वलाइ नै साेच्न बाध्य वनाएका छन । संचार क्षेत्रकाे याे तिव्रत्तर परिवर्तनले मानिसकाे दैनिकीमा समेत व्यापक परिवर्तन भएकाे छ यद्यपि यसकाे प्रयाेगमा देश विकासकाे अवस्था, प्रतिव्यक्ति आय, मानव विकास सुचकांक अनुसार फरक पर्न सक्छ तर धेर थाेर विश्व, सूचना तथा संचारकाे क्षेत्रमा प्रविधिमैत्री भइसकेकाे छ ।

सूचना प्रविधिकाे विकास संग संगै अन्य यन्त्र तथा बैज्ञानिक उपकरणहरुकाे विकासकाे गति पनि उस्तै छ । हामी हाम्रा पुर्खाबाट सुनिने जिवन भाेगाइ र वास्तविकतालाई यतिखेर दन्ते कथाकाे उपमा दिइरहेका छाैं जुन इतिहाँसलाइ भुल्नै सकिदैन । पछिल्लाे समय युटुव र अनलाइन मिडिया इन्टरनेट प्रयाेगकर्ताहरुकाे मुख्य निशानामा परेका सामाजिक संञजालका स्राेत हुन ।

सबैलाई मैले गलत विश्लेसन गरेभने याे बिज्ञान र प्रविधि विराेधी अभिव्यक्ती हुन सक्छ तर केहि युटुव र अनलाइन मिडियाहरु यतिखेर समाचारलाइ बङग्याएर अचार बनाउने देखि स्राेतलाइ कपि गरेर साेत्तर बनाउन सम्म भ्याएका छन । वास्तविक्ता भन्दा टाढा पुगेर स्राेत र समाचारलाइ बङ्ग्याउने देखि ट्राेल बनाउन सम्म खप्पिस पछिल्लाे याे जमात मध्ये अधिकांसले देशकाे विरुद्दमा विभिन्न गतिविधीहरु सहजै सञ्चालन गरिरहेका छन ।

भाइरल बन्नकै लागि राष्ट्रियतामा आँच आउने अमानविय गतिविधीहरु गर्न समेत भ्याइ नभ्याइ छ याे जमातलाइ । पछिल्लाे उदाहरणका रुपमा जातियताकाे नाममा देशकै झण्डा जलाएकाे विषयलाइ लिन सकिन्छ । राष्ट्रिय स्तरकै राजनितीमा समयकाे अन्तरालमा भएकाे व्यापक परिवर्तनमा यि यस्ता मान्छेहरुले उधुम परिवर्तनका लागि धुम मच्चाउन समेत भ्याए ।

पछिल्लाे समयकाे उदाहरणका रुपमा सभामुख काण्डलाइ लिन सकिन्छ । राेल्पाकाे समग्र विकासमा तिव्र चासाे दिइ राेल्पालाइ विकासकाे पथमा डाेर्याउने एक नायक पुर्व शभामुख महरालाइ आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार जस्ताे जघन्य अपराधकाे जवरजस्त आराेप लगाएर पदबाट बाहिरीन बाध्य पारियाे । घटना र परिस्थितिलाइ बङ्ग्याएर नानाथरीका पात्र शिर्जना गरी राजनितीक जिवनमा गरेकाे याे प्रहार राेल्पा र राेल्पालीका लागि मात्रै नभएर समग्र राष्ट्रलाइ नै आघात पुग्न सक्ने संभावनाकाे नजीक नजीक रहेकाे देखिन्छ जुन एमसिसि प्रकरणले प्रष्ट पारिदिएकाे छ ।

राजनितीमा जव अडान र राष्ट्रिय स्वार्थमा राजनितिग्य दराे भएर लाग्दछ तव, उसकाे कम्जाेरीलाइ हतियार बनाएर यि यस्ता मान्छेहरु खुट्टा तान्न खप्पिस हुन्छन । जसकाे पछिल्लाे उदाहरणका रुपमा अछामकाे वाढि पिडितलाइ राहत वितरण काण्डलाइ लिन सकिन्छ । बगर छेउमा गरेकाे कार्यक्रमलाइ पूरै धान बालीनै सखाप पारे जसरी समाचार आउनु राम्राे कुराे त पक्कै हाेइन तर पहिराे पिडितकाे कुरा सुन्न उत्तरतिर हेलिमा सिन्धुपाल्चाेक हवाइ उडान भरेका मन्त्री मुखभरी अघाउने तर पेट नभरीने जुठाे आश्वासन मात्र बाँडेर फर्कदा पिडित ति गरिब जनताकाे मन ननिभ्नेगरी सल्किएकाे आगाे झै भत भति पाेलेकाे चाहि पक्का हाे ।

सक्रिय र संघर्षशिल राजनितीमा सेकेण्ड समय नविताएका अवसरवादी र चाप्लुसी प्रवृतिका मानिसहरुलाइ ठमठमि बरिष्ठ राजनितीकर्मिहरुले च्यापेर हिड्दा सबथाेक त्यागेर राजनिती भन्दै घरबार गुमाएका इमान्दार कार्यकर्ता टुलटुली हेर्न विवस जस्तै छन । यि सबै कुरा छाेडाैं एक जमात छ जाे परिवर्तन चाहँदै चाहँदैन, परिस्थितिलाइ यथास्थितिमै राखेर वर्तमानबाट अधिक भन्दा अधिक फाइदा बटुल्न चाहन्छन । याे जमात विकास प्रेमी, कुशल र इमान्दार नेतृत्वकाे सधै पछि परिरहन्छ, मात्र एउटा सानाे कम्जाेरीका लागि जुन यथार्थपरक हुँदैन ।

कुसल शासकलाइ कम्जाेरी नामकाे हतियार प्रयाेग गरी राजनिती समाप्त पारीदिन्छ र फेरी उसैले भन्छ “राम्राे गर्नेकाे त देशमा काम नै छैन” अझै थपेर भन्छ “याे सतिले सरापेकाे देश हाे यहाँ राम्राे गर्नेलाइ यसरी समाप्त पारीन्छ” ।

नानाथरीका गफ छाँटेर कुशल र सक्षम युवा जमातलाइ विदेशिन बाध्य पार्ने याे जमातले देशलाइ गर्नु सम्मकाे अवहेलना गर्दछ । याे देशमा केहि छैन, यहाँ बसेर कामै छैन, याे देशमा काेहि ठिक छैन जस्ता नानाथरीका प्रवचनअरु बाँड्दै याेग्य मान्छेलाइ पलायन हुन बाध्य बनाउँछ । के साँच्चै देशमा केहि छैन त ? देशमा केहि ठिक नभएकाे भए उ र उसकाे मनाेवृत्ति चाँहि कसरी ठिक भयाे ?

देशका विरुद्दमा सबै गलत देखेर अरुहरुसामु प्रवचन बाँड्न आतुर देखिनेहरु नै याे देशका सबैभन्दा गलत प्रवृतिका मान्छेहरु हुन, यिनिहरु सहिलाइ गलत बनाएर गलत परिवेशमा सक्षम मानिसकाे विल्ला भिरेर समाजसेवी कहलिएर अमर रुपमा बाँच्न चाहन्छन । प्रकृतिले भरिपूर्ण, बुद्दकाे जन्मभुमि, सगरमाथाकाे देश नेपाललाइ सतिले सरापेकाे भन्दै संभावनाविमुख बनाउने भाडुवा मान्छेहरुलाइ समयमै उचित स्थानमा थन्काउन जरुरी छ । तर तिनै खाेक्राे विद्वानहरुले उच्च ओहदाका नेतापंतिलाइ चाप्लुसीकाे पंजामा राखेका छन । एउटा पक्ष सूचना संचार तथा प्रविधिकाे भरपुर प्रयाेग गरेर देशलाइ दाेष थुपारिदिने र अर्काे पक्ष यथार्थलाइ बल गरेरै लुकाइ राष्ट्रिय सम्पतिमा भरपुर रजाँइ गर्ने, याे प्रवृतिकाे अनत्य नभएसम्म राज्यकाे व्यवस्था र संरचनामा परिवर्तन भएर मात्र समग्र देश परिवर्तन हुन्छ भन्ने खाेक्राे आदर्शलाइ स्वीकार गर्न सकिदैन ।

– लेखक राजनितीशास्त्रमा स्नातकाेत्तर अध्यनरत हुनुहुन्छ ।

१९ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको