देशभर थपिए १४९० कोरोना संक्रमित, १५६७ डिस्चार्ज


मङ्सिर १७, काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ६७ जना डिस्चार्ज हुँदा ९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । २ लाख १८ हजार १६१ जना डिस्चार्ज हुँदा अहिले १६ हजार ५४७ जना आइसोलेसनमा छन् ।

नेपालमा अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ। मन्त्रालयका अनुसार अहिले ६०५ जना मात्र क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म १७ लाख ५४ हजार ६३० जनाको पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ७२३ जनामा संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

१७ मंसिर २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको