बाँके दुर्घटनामा दाङका पूर्णबहादुर पुनको बंश नै नाश भयो


जेठ २०, दाङ । बाँकेको अगैया नजिकै भएको सवारी दुर्घटनामा दाङका एकै घरका तीन जनाको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा निवासी ३२ बर्षीय पूर्णबहादुर पुन, उनकी २७ बर्षीया पत्नि सीता पुन र उनीहरुका १० बर्षका एक्ला छोरा हिमान्सु पुनको मृत्यु भएको छ । शान्तिनगर ३ का वडाध्यक्ष बुद्धिराम तिवारीले पुनको बंश नै नाश हुने गरि भएको दुःखद घटनाले गाउँ शोकमा डुवेको बताए ।

रोजगारीको खोजीको लागि डेढवर्ष अगाडि सपरिवार उनीहरुका चण्डीगढ गएका थिए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतवार राति नेपालगन्ज हुँदै दाङस्थित घर फर्किन लागेका थिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नं. २ ठुरिया जंगलमा ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा चालक सहचालकसहित १२ जनाको मृत्यु भएको थियो ।

थप २१ जना घाइते भएका छन् । घाइते मध्य पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । छिमेकी देश भारतवाट आएकाहरुलाई नेपालगन्जको सीमा नाका जमुनाहबाट ल्याएर उक्त फोर्स गाडी बाँकेबाट दाङतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

२० जेष्ठ २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको