सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु


पुस २२, काठमाडौँ । अमेरिकी हवाई आक्रमण मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

इरानको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्थाले एसोसियट प्रेसले मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो । भागदौडमा ४८ जना बढी घाइते भएका छन् ।

इराकमा ज्यान गुमाएका सुलेमानीको श्रद्धाञ्जली कार्यक्रममा सोमबार तेहरानमा लाखौं सहभागी भएका थिए।

शुक्रबारदेखि विश्व राजनीतिमा इरान र अमेरिका सम्बन्धको चर्चा छ। पहिलादेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेका यी दुई मुलुक इरानी कुद्स सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्यापछि आमनेसामने भएका छन्।

सुलेमानीलाई बग्दाद विमानस्थलबाट बाहिरिन लागेका बेला शुक्रबार अमेरिकाले ड्रोन आक्रमण गरेर हत्या गरेको थियो।

अचानक आफ्नो देशमा निकै लोकप्रिय र प्रभावशाली सैन्य कमाण्डरलाई मारिदिएपछि इरान अमेरिकासँग क्रुद्ध बनेको छ। सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले सुलेमानी हत्याको कडा बदला लिने चेतावनी दिएका छन्।

खामेनीको चेतावनीको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को धम्की दिएका छन्। उनले अमेरिकी नागरिक र सम्पत्तिमाथि आक्रमण गरे इरानका साँस्कृतिक महत्वका ५२ ठाउँमा हमला गर्ने चेतावनी दिएका छन्।

२२ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको