प्रधानमन्त्रीको ‘प्याकेज लबिङ’, गौतमलाई सिफारिस नगरी छलफल गर्न तयार


फागुन १८, काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिफारिस गरेसँगै भएको आन्तरिक विवाद सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकेज निर्णयको लबिङ शुरू भएका छन् ।

पार्टीले सिफारिस गरेपनि गौतमलाई राष्ट्रिय सभामा सदस्य बनाउन ओलीले नयाँ प्रस्ताव अघि सारेका हुन् । सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको कार्यकाल आगामी २५ फागुनमा मात्रै समाप्त हुने भन्दै प्रधानमन्त्री ओलीले २१ गतेअघि नै टुंग्याउन आवश्यक नभएको तर्क गरेका छन् ।

शुक्रवार दिनभर सहमतिको प्रयास गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि दुवै अध्यक्षबीच उत्पन्न टकराव मत्थर पार्न सक्रिय बने ।

उनले शनिवार बिहान पनि प्रधानमन्त्री ओलीसँग छलफल भएका विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनमा छलफल गरेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीभित्र भएको आन्तरिक द्वन्द्व न्यूनीकरण गर्नका लागि दुवै अध्यक्षलाई आग्रह गरेका नेपालले पार्टीभित्र विवाद कायमै राख्नेभन्दा पनि समाधान गर्नेतर्फ लाग्न सुझाएको नेकपा स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले तत्कालका लागि पार्टीले सिफारिस गरेका उपाध्यक्ष गौतम र अर्थमन्त्री युवराज खतिवडा दुवैलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगरी छलफल गर्न आफू तयार भएको बताएका छन् । आजको राजधानीमा खबर छ ।

१८ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको