ट्वीटरकै सीईओको अकाउन्ट ह्याक भएपछि…


भदौ १४, , काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।

उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् ।

ट्वीटरका अनुसार यस घटनाको जाँच जारी छ । डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ । चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ ।

ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो ।

अर्को एक ट्वीटमा ह्याकर्सले ट्वीटरको हेडक्वाटरमा बम भएको अफवाह फैलाएका थिए । केही समयपछि ट्वीटरले यी सबै म्यासेजलाई डिलिट गरेको छ ।

१४ भाद्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको