बालुवाटार जग्गा प्रकरणको गहिरो छानविन गरेर दोषीलाई दण्डित गरियोस्: कांग्रेस


वैशाख १७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गएको घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकारसँग माग गरेको छ।

ललिता निवासको सरकारी जग्गा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीनलगायतमा गएको देखिएपछि कांग्रेसले छानविन गर्नुपर्ने दोहोर्याछएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर भनेका छन्, ‘जग्गा प्रकरणको गहिरो छानविन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ कांग्रेस प्रष्ट धारणा दोहोर्याीउन चाहन्छ।’

विज्ञप्तिमा सभापति शेरबहादुर देउवाले सोमबार संसदबाट पनि जग्गा छानविन गर्न माग गरेको उल्लेख छ। सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सभापति देउवा पनि मुछिएको समाचार आएपछि कांग्रेसले विज्ञप्ति निकालेर गहिरो छानविन गर्न माग गरेको हो।

कांग्रेसले दोषीलाई जोगाउने र विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले प्रचार गरिएकोमा पनि आपत्ति जनाएको छ। ‘तथ्यको जगमा सत्यको खोजी र दोषी माथि कार्वाहीका लागि आमनागरिकको सजगता, संचार माध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीहरुको इमानदारितासंगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा छ,’ शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ।

१७ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको