दाङमा जीप सडकमै पल्टियो, एकजनाको मृत्यु


असार १४, दाङ । पश्चिम दाङको श्रीगाउँमा शनिबार भएको जीप दुर्घटनामा चालकको मृत्यु भएको छ ।

दंगिशरण गाउँपालिका वडा नं. ७ रचपल निवासी २९ वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो । शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४३६ नम्वरको जीप शनिबार बिहान पौने ९ बजेतिर दंगिशरण ७ श्रीगाउँमा सडकमै पल्टिएको थियो।

घाइते चालक वलीलाई राप्ती प्रादेशिक अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । जीपमा जम्मा ४ जना मात्रै सवार थिए। उनीहरू सबै परिवारका सदस्यहरू मात्रै रहेको खुल्न आएको छ।

जीपमा सवार अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालक वलीले छोरालाई जोगाउन बाहिर फालेर आफूले पनि हाम फाल्ने क्रममा जीपले च्यापेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

अर्को दुर्घटनामा इलाका प्रशासन प्रमुख घाइते

त्यस्तै अर्को एक दुर्घटनामा इलाका प्रशासन कार्यालय तुलसीपुर दाङका प्रमुख यादव सुवेदी घाइते भएका छन्।

दाङको तुलसीपुर-घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर मोतिपुरमा सुवेदी सवार रा १ झ ९९ नम्बरको सरकारी बलेरो जीप दुर्घटनामा हुँदा उनी घाइते भएका हुन। उनको टाउँकोमा चोट लागेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार सुवेदीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

१४ असार २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको