रवि लामि’छाने र युवराज कँडेल धरौटी बुझाएर थुनामुक्त (अदालतको १३ पन्ने आदेश सहित)


भदौ ९, काठमाडौं । पत्रकार शालि’कराम पुडा’सैनीको आत्मह’त्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामि’छाने र युवराज कँडेल अदालतले मागेको धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडा’सैनीको आत्मह’त्या दुरूत्साहन मुद्दा लागेका लामि’छानेलाई ५ लाख धरौटी, यूवराज कंडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको हो।

अदालतको आदेशपछि रवि लामि’छानेले ५ लाख र युवराजले ३ लाख धरौटी बुझाएर छुटेका हुन् । उनीहरू दुवैसँग अदालतले अनुमतिबिना विदेश जान नपाउने गरी धरौटी माग गरेको छ ।

‘लामि’छाने र कँडेलले पुडा’सैनीको आत्मह’त्याबारे प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, औषधि उपचारको लागि जानुपर्‍यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्ने,’ अदालतको आदेशमा भनिएको छ ।

आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो । पुडा’सैनी साउन २० गते चितवनको कंगारू होटलमा झु’ण्डिएको अवस्थामा फेला परेका थिए।

उनको साथबाट आत्मह’त्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो । जसमा उनले लामि’छानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए।

पुडा’सैनी न्युज २४ टेलिभिजनमा लामि’छानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता हुन् ।

जिल्ला सरकारी वकिल कार्यालयले लामि’छानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

लामि’छानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

यस्तो छ अदालतको आदेश 

 

९ भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको