रवि ला’मिछाने ५ लाख धरौटीमा रिहा


भदौ ९, काठमाडौँ । पत्रकार शालि’कराम पुडा’सैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामि’छाने धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामि’छानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।

यस्तै युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्मह’त्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

९ भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको