अघि बढ्नुस बाबुराम ‘संघीयताको मुद्दा सहि रहेछ’


शंकर लामिछाने । राजनीति र विचार मानविय सभ्यताको विकास सँगसँगै देशको मौलिकता निरन्तर विकास र परिवर्तन हुन्छ र हुनपर्छ । यही आदर्शलाई पछ्याउदै मौलिक र नयाँ विचार दिन सक्ने शान्ति र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका जन्मदाता र राजनीतिक व्यवस्था सहित अवस्था परिवर्तनका मार्गदर्शक, डा:बाबुराम भट्टराईले बोल्दै, लेख्दै आएको संघीयप्रणाली सहि रहेछ।

पहिचान केवल जातीय प्रश्न हैन यो जाति, भाषा, धर्म, संस्कृति, इतिहास हो भनेर बुझ्न पर्छ।

संघीयता भन्ने बित्तिकै कसैको अधिकार कसैबाट खोसेर कसैलाई दिने कुरा हैन, सबैले आ-आफ्नो अधिकार प्राकृतिक न्यायको सिद्धान्त अनुरुप चल्ने कुरा हुन।

बिश्व ब्रह्माण्डलाई कालो र सेतो रङ्गले मात्रै ब्याख्या गर्नु कति सम्म जायज? हामी नेपाली हाम्रो पहिचान इन्द्रेणी (इन्द्रधनुषी)राष्ट्रियता हो भन्ने कदापी भुल्न हुदैन, हाम्रो देश एकल जातिय हैन बहुल सास्कृतिक र भाषिक पहिचान हाम्रो देशको सहि पहिचान हो। नबुझेकाहरुलाई बुझाउदै अगाडि बढ्ने नै हो।

न्याय र समानताको आधारमा अधिकार दिन कसैले छेक्दैन। राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगको प्रतिबेदन अनुसार संघीयताको हल मुख्य बिन्दु हो बाबुरामले जातीय राज्यको कुरा गरे भनि गलत प्रचार गरियो,त्यो जातीय नभएर भाषीक र सास्कृतिक हो यहिमा स्पष्ट हुनुपर्छ। नेपालको संघीयप्रणालीको अर्जुनदृष्टि राख्ने बाबुराम नै रहेछ्न।

डा:बाबुराम लगाएत समाजवादी पार्टीले उठाएको संघीयताको मुद्दा जातीय भनेको (थर/काष्ट) भनेर बुझ्नु अत्यन्तै दुखदायी बिषय हो, यथार्थ भनेको भाषा र सास्कृतिक मोडेल हो । यो राष्ट्रिय पहिचान हुनुपर्छ। कुनै पनि व्यक्ति वा समुुदायले आफ्नो जन्मसँगै बोकेर आएको पहिचान राष्ट्रिय पहिचान हो, जुन तिनीहरूको भाषा, संस्कृति, ऐतिहासिक मानव भूगोल र सभ्यताले निर्माण गरेको हुन्छ।

नेपालमा विभिन्न आदिवासी जनजातिहरू, मधेसी, थारु, खस-आर्य,मुस्लिम आदिको पहिचान राष्ट्रिय पहिचान हो। तिनीहरू सबै नेपालका राष्ट्रियताहरू हुन्। त्यस्तो समुदाय, जसको आफ्नो अलग ऐतिहासिक मानव भूगोल, साझा भाषा, साझा संस्कृति, साझा आर्थिक जीवन र साझा मनोभावना छ, तिनीहरू सबै नेपालका सन्दर्भमा अलग राष्ट्रियता हो। राष्ट्रिय पहिचानसहितको सङ्घीयतामा नेपालमा ती सबै समुदायहरूको पहिचानसहितको प्रदेश वा विशेष संरचना निर्माण गर्नु गलत पक्कै होइन।राज्यले बहुसंस्कृति मान्यता अनुरूप जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्बोधन गरिनु पर्दछ।

छिमेकी भारतकै सन्दर्भ हाम्रो लागि महत्वपूर्ण हुनसक्छ। महात्मा गान्धी आफैंमा हिन्दू थिए तर, उनले मुस्लिमको पक्षमा जीवनभर आवाज उठाएको उदाहरण धेरै सुनिन्छ।

जनताको प्रत्यक्ष सहभागिता हुने विधि सुरक्षित गर्नका लागि सहभागितामूलक समावेशी लोकतन्त्रको आवश्यकता छ। यो सबै वर्ग, जाति, भाषा, धर्म, संस्कृतिका समुदायहरूलाई राजनीतिको मूल प्रवाहमा समावेश गर्ने लोकतान्त्रिक अवधारणा हो। जे चीजले देश बनेको छ, त्यसलाई मान्यता नदिइ कसरी प्राप्त हुन्छ समृद्धि??

बहुसंस्कृतियुक्त, बहुपहिचानयुक्त, बहुभाषिक मुलुकमा सबै नेपालीको सम्मान र स्वाभिमान सहित हिमाल, पहाड, तराई र मधेश जोड्ने इन्द्रेणी राष्ट्रवादको कुरा गर्दा, समावेशिताका कुरा गर्दा टाउको किन यति धेरै दुख्छ?

सङ्घीयतालाई देशका उत्पीडित राष्ट्रियताहरूमाथि भइरहेको विभेद मुक्तिको आधारको रूपमा र समाजवादलाई श्रमजीवी वर्गको मुक्तिको आधारको रूपमा अघि बढौ !पहिचान र समाबेशितालाई जातीयताको मुद्दा भन्ने सोचबाट माथी उठौ!!

१० असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको