कर्म फ्लाइट्सको छात्रवृत्ति वितरण कार्यक्रम भव्य रूपमा हुँदै


जेठ ११, काठमान्डौ । पोखरास्थित कर्म फ्लाइट्सले केही वर्ष यता निकै राम्रा र सम्मानयाेग्य कामहरू गर्दै आएको छ । आज जेठ ११ गते निसीखोला गाउँपालिका वडा नं २, अर्नाकोट देउरालीको श्री अर्नाकोट आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम हुन लागेको कुरा कर्म फ्लाइट्सका फिल्ड म्यानेजर प्रेम बहादुर कुँवरले बताएका छन् । उनले भने -‘अर्नाकोेट आधारभूत विद्यालयमा यो कार्यक्रम हुन लागेको छ ।

यस विद्यालयका करिव २१८ छात्रछात्रालाई प्रति विद्यार्थी रु. ३००० का दरले र विद्यालयबाट कक्षा ९-१२ मा अन्यत्र पढ्न गएका विद्यार्थीहरूको लागि रु. १०,००० का दरले जम्मा २४९ जना विद्यार्थी माझ छात्रवृत्ति वितरण गरिँदैछ ।’

शिक्षा र स्वास्थ्यको क्षेत्रमा अनवरत खटेर निकै वाहवाही बटुलेको कर्म फ्लाइट्सको काम सुगमदेखि दुर्गम क्षेत्रसम्म हुने गरेको छ ।

कर्म फ्लाइट्सका प्रमुख प्रेम बहादुर कुँवरका अनुसार भोलि हुने छात्रवृत्ति वितरण कार्यक्रममा स्कुल झोला, स्कुल ड्रेस, स्टस्नरीमा एक दर्जन कपि, १ प्याक सिसाकलम! ३ वटा कलम, कक्षा पाँच माथिकाको लागि १ थान ज्यामिती बक्स, पाँच कक्षा मुनिकालाई सिसाकलम दिइनेछ । यसै गरि दन्त मञ्जन र ब्रस वितरण गरिनेछ । यसले विद्यार्थीको पढाइमा ठूलो राहत प्राप्त हुनेछ ।

११ जेष्ठ २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको