नेकपाका केन्द्रीय सदस्य प्रज्वलनसहित चार जना रिहा


जेठ १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विजय श्रेष्ठ ‘प्रज्वलन’सहित चार जना अदालतको आदेशमा रिहा भएका छन् ।

ललितपुर जिल्ला आदालतले आज थुनछेक बहसपछि सुनुवाई गर्दै नेता प्रज्वलन सहित नेकपा रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी, जिल्ला नेताहरु देवराज घिमिरे र सञ्जिव कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट गिरफ्तार उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बिन्धि कसुरमा शुक्रबार ललितपुर जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायधिस धनसिंह महराको एकल इजलासले रिहा गर्न आदेश दिएको हो ।

तर सोहि मुद्धामा ने.क.पा.का स्थाई समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन), नेताहरु रामकृष्ण खतिवडा, लोकेन्द्र बहादुर कार्की र बुद्धि बहादुर स्याङतानलाई भने अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

यसअघि नेता सुदर्शनसहित ४ र त्यसअघि गिरफ्तार भएका २ गरी ६ जनालाई पुर्पक्षका लागि भन्दै ललितपुर जिल्ला अदालतले नै नख्खु जेल चलान गरिसकेको थियो ।

नेता सुदर्शनलाई एनसेलको ललितपुरको नख्खुस्थित केन्द्रीय कार्यालय परिसरमा गत फागुन १० गतेका दिन बम विष्फोट भएको घटनासँग जोडेर संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धानका लागि भन्दै पुर्पक्षका लागि काराकार चलान गरिएको थियो ।

शुक्रबार फेरी हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बिन्धि कसुरमा पुनः थुनामा राख्न अदालतले आदेश दिएको हो ।

आठै जना नेतालाई शुक्रबार अदालतमा उपस्थित गराईएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता खिमानन्द अधिकारी लगायतले बहस पैरवी गरेका थिए ।

१० जेष्ठ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको