सांसदको घरमा विष्फोट गराएको आरोपमा नेकपाका तीन नेता पक्राउ


भदौ ६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश ५ का संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विष्फोट गराएको आरोपमा प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ३ नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक न.पा.– ११ बस्ने ५० बर्ष का विक्रम यादव र रुपन्देही गैडहवा गा.पा.६ बस्ने ४३ बर्षका रुदल यादव रहेका छन् ।

यस्तै प्रमुख सचेतकको घरमा क्षति पुर्याएको अभियोगमा जिल्ला रुपन्देही सियारी गा.पा.–४ ओर्लहवाका ६३ बर्षीय बिष्णु प्रसाद तिवारी (मुकेश) पनि प्रकाउ परेको प्रहरीले जनाएको छ । तीनैजना विप्लव नेकपाका नेता हुन् ।

विक्रम विप्लवका जिल्ला कार्य समिति रुपन्देही सदस्य, रुदल प्रादेशिक जनसरकार सदस्य र मुकेश जिल्ला कार्यसमिती रुपन्देही सचिवालय सदस्य रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विक्रम यादव विप्लव नेकपाको जिल्ला जनसरकार उपप्रमुख, रुदल यादव प्रादेशिक जनसरकार सदस्य र मुकेश विप्लव नेकपाको जिल्ला कमिटी सदस्य रहेको प्रहरीले जनाएको छ।

तीनै जनलाई गत साउन ३१ गते प्रदेश ५ का प्रदेशका प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नं प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा विष्फोट गराएको आरोपमा प्रहरीले साउन ३१ र ३२ गते उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिका–२ सानो धुपहीस्थित एनसेलको टावरमा आगजनी गरेको आरोप समेत लगाइएको छ ।

पक्राउ परेका तीतै जनाविरुद्ध ईलका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीमा विष्फोटन पदार्थ तथा आगलागी शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

६ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको